scheduleसोमवार मंसिर २३ गते, २०७६
Bajaj
Global IME

कारबाहीमा छब्बीस तालिवान मारिए

काबुल, २३ चैत । अफगानिस्तानमा प्रहरीले गरेको कारबाहीका क्रममा कम्तीमा पनि २६ जना तालिवान मारिएको समाचार छ ।

प्राप्त पछिल्लो समाचारअनुसार अफगानिस्तानका तालिवानका विरुद्धमा त्यहाँको प्रहरीले जारी राखेको कारबाहीमा परी ती तालिवान मारिएका हुन् ।

गएको २४ घन्टामा देशको विभिन्न भागमा तालिवानविरुद्ध जारी राखिएको कारबाहीमा परी ती तालिवान हतियारधारी मारिएको अफगानिस्तानको गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

सन् २०१४ को अन्त्यसँगै अफगानिस्तानबाट नेटो सैनिक फिर्ता भइसकेको छ । त्यसपछि अफगानिस्तानकै राष्ट्रिय सुरक्षा निकायले तालिवानविरुद्धको कारबाही जारी राखेका हुन् । रासस/सिन्ह्वा

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage