scheduleशुक्रवार मंसिर २७ गते, २०७६
Bajaj
Global IME

बङ्गदलादेशमा भीषण आँधी, ३५ को ज्यान गयो

bangladeshढाका, २३ चैत । बङ्गलादेशमा गतहप्ताको अन्त्यमा भीषण आँधी आएको छ । सो आँधीमा परी कम्तीमा पनि ३५ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

राजधानी ढाकाबाट प्राप्त एक समाचारअनुसार गएको हप्ता आएको सो आँधीमा परी देशका विभिन्न भूभागमा कम्तीमा पनि ३५ जनाको ज्यान गएको बताइएको छ ।

अधिकारीहरुले देशको उत्तरपश्चिमी क्षेत्रमा आँधी आएको जनाएका छन् । देशको उत्तरपश्चिमी क्षेत्रमा आएको सो आँधीका कारण हजारौँ घरमा क्षति पुगेको बताइएको छ ।

साथै खानेपानी, बिजुली एवम् अन्य आधारभूत विकासका संरचनामा पनि क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । उनीहरुले वास्तविक क्षतिको विवरण नआएको र त्यसको खोजी भइरहेको जनाएका छन् ।

बङ्गलादेशको उत्तरी जिल्ला बोग्रामा सबैभन्दा बढी क्षति पुगेको छ । सो जिल्लामा मात्र १९ जनाको ज्यान गएको छ । त्यहाँका सयौँ घर क्षतिग्रस्त भएका छन् ।

विशेषगरी रुख ढलेर किच्दा सबैभन्दा धेरै नागरिक मारिएका छन् । अधिकारीहरुका अनुसार घर भत्किएर, घरको छानाले किचेर पनि बढीको ज्यान गएको छ । मारिनेमा धेरैजसो महिला र बालबालिका परेका छन् ।

त्यसपछिको सबैभन्दा बढी प्रभावित जिल्ला राजशाही हो । राजशाहीमा नौ जनाको ज्यान गएको छ । त्यहाँ २० जनाभन्दा बढी नागरिक घाइते छन् ।

हावाहुरीका कारण हजारौँ नागरिक विस्थापित हुनुका साथै सयौँ व्यक्ति घाइते भएका छन् । त्यसमा परी केही बेपत्ता भएका छन् । बेपत्ताको पनि यकिन विवरण आउन बाँकी रहेको गृहमन्त्रालयले जनाएको छ ।

क्षतिको सङ्कलनका लागि ठूलो सङ्ख्यामा उद्वारकर्मी खटिरहेका छन् । क्षतिको सबै विवरण आउन बाँकी नै रहेको र उद्वारकर्मीहरुले विवरणको खोजी जारी राखेको सरकारले जनाएको छ । रासस/एएफपी

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage