scheduleबिहिवार भाद्र ५ गते, २०७६

दक्षिण भारतमा प्रहरी कारबाहीमा २० काठतस्कर मारिए

नयाँ दिल्ली, २४ चैत । दक्षिणी भारतको चित्तोरमा मङ्गलबार प्रहरी र काठ तस्करहरुबीच भएको भिडन्तको क्रममा काठ तस्करीमा सम्लग्न २० जना मारिएका छन् ।

मारिने सबैजना अवैध रुपमा काठको तस्करी गरी बेच्न लागेका व्यक्तिहरु परेको बताइएको छ । दक्षिण भारतको चित्तोरमा ती व्यक्ति मारिएका हुन् ।

आन्ध्रप्रदेश राज्यको चित्तोरमा सो घटना भएको सरकारी अधिकारीहरुले जनाएका छन् । प्रहरी कारबाहीमा परी काठ तस्करीमा सम्लग्न ती व्यक्ति मारिएको प्रहरीले पुष्टि गरेको एक समाचारमा जनाइएको छ ।

ती तस्कर र प्रहरीबीच मङ्गलबार बिहानै पाँच बजे उक्त क्षेत्रको शेषचलान जङ्गलमा सो भिडन्त भएको थियो । विशेष सूचनाको आधारमा प्रहरी बिहान सबेरै त्यहाँ पुगेको थियो ।

आन्ध्रप्रदेशको राजधानी सहर हैदराबादबाट करिब ५०० किलोमीटर टाढा सो जङ्गलमा भिडन्त भएको र त्यसमा परी केही प्रहरी पनि घाइते भएको त्यहाँका प्रहरी नायब महानिरीक्षक कान्त रावले जानकारी दिएका छन् ।

नायब महानिरीक्षक रावले कम्तीमा पनि १०० जनाको सङ्ख्यमा रहेका काठ तस्करले पहिले आफै आक्रमण गरी प्रहरीलाई गोली हान्न बाध्य बनाएका जानकारी दिए । रासस/सिन्ह्वा

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage