scheduleसोमवार आषाढ़ २९ गते, २०७७

गजल –शान्तिपूर्ण माग माग्दा कहिले सुन्यो सरकारले ?

शालिग्राम अर्याल

Shaligram Aryal

बन्द-हड्ताल किन हुन्छ ? जान्दा खेरी कसो होला ?
आन्दोलन आह्वान हुँदा , मान्दा खेरी कसो होला ?

बन्द-हड्ताल रहर हुन्न , बाध्यताको उपज् हो त्यो ,
के कारणले गर्नु पर्‍यो ? छान्दा खेरी कसो होला ?

शान्तिपूर्ण माग माग्दा कहिले सुन्यो सरकारले ?
बहिरालाई अझै बन्दुक , हान्दा खेरी कसो होला ?

के सी – नन्द अलपत्र , नियममा हिड्छु भन्दा,
सर्कारलाई पाता कसी , बान्दा खेरी कसो होला ?

आन्दोलन्ले बाध्य पार्छ , घुँडा टेक्न सर्कारलाई !!
अझै त्यसलाई तातो तेलमा , झान्दा खेरी कसो होला ?

धादिङ नलाङ, हाल : अमेरिका

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय