scheduleमगलवार आषाढ़ ३० गते, २०७७

गरिमाको बयान– म यसकारण नांगिन तयार भएँ

Garima in Jhola copyकाठमाडौं । चर्चित नेपाली चलचित्र ‘झोला’ पुनः सार्वजनिक प्रदर्शनमा आउने भएपछि उक्त चलचित्रको टिम अहिले प्रचारप्रसारमा जुटेको छ ।

उक्त चलचित्रकी नायिका गरिमा पन्तले सुरुमा चलचित्रमा नांगिनुपर्छ भन्ने सुन्दा आफूले अस्वीकार गरेको बताएकी छिन् । उनले चलचित्रमा अभिनयको अनुभूति बाँड्दै भनिन्, ‘तर जब निर्देशकले विषयवस्तु बुझाउनुभयो, त्यसपछि म त्यसको लागि तयार भएँ ।’
गरिमाको अनुभूति उनकै शब्दमा :

यादव भट्टराईद्वारा निर्देशिकत झोलामा गरिमा मुख्य भूमिकामा छिन् । उक्त चलचित्रको प्रसारको लागि बनाइएको एक भिडियोमा गरिमाले भनेकी छिन्, ‘स्कूले जीवनमा पढेको झोलालाई मैले पछि पटक पटक पढेँ । आफ्नो हजुरआमालाई सम्झिएँ, उनको भोगाई मेरो आँखामा आयो ।’

कुनै समय प्रथाको रुपमा रहेको कथानकलाई पर्दामा उतारिएको झोलामा सतीको भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण काम रहेको उनको अनुभूति छ । सतीको दृष्य निर्वाह गर्दा उत्साह र डर दुवै लागेको उनले बताइन् । जिउँदै चित्तामा बस्नुपर्ने, सतीले मलामीका अगाडि नाङ्गीनुपर्ने जस्ता दृष्य सुनेपछि निर्देशक भट्टराईसँग भनिन्, ‘म नाङ्गै अभिनय गर्न त सक्दिन ।’

तर निर्देशक भट्टराईले आफू नारीको इज्जत गर्ने मान्छे भएको भन्दै गरिमालाई निर्धक्क हुन सुझाएका थिए । उनले १०० वर्ष अगाडिको नेपाली समाजलाई बुझ्न दर्शकले एकपटक झोला हेर्नेपर्ने बताउँछिन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय