scheduleबुधवार फाल्गुन ७ गते, २०७६

चार वर्षिया अस्मिताको शव भेटियो

लहान, २६ चैत । सिरहाको धनगढी गाविस– ७ की एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनगढी गाविस– ७ का सन्तोष परियारकी ४ वर्षीया छोरी अस्मिता परियार रहेको इलाका प्रहरी कार्यालय धनगढीका प्रहरी नायब निरीक्षक वैजकुमार योगीले जानकारी दिए ।

अस्मिताको शव बिहीबार बिहान गाउँ नजिकै रहेको अयोध्यानगर गाविस– ७ स्थित वर्षात्को पानी जमेर बनेको पोखरीमा तैरिरहेको अवस्थामा भेटिएको हो

बुधबार अपराह्न गाउँदेखि पश्चिमतिर रहेको पोखरीमा नुहाउन गएकी अस्मितालाई सँगै गएकी दिदी अञ्जनाले नुहाइदिएर ‘घर जा’ भन्दै आफू पनि नुहाएर घर फर्किदा बहिनीलाई नभेटेपछि परिवारले खोजी गरेका थिए ।

रातभर खोज्दा पनि नभेटेपछि बिहीबार बिहान गाउँलेसहित पोखरीमा जाँदा शव भेटिएको हो । बालिकाको शव परीक्षणका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा ल्याइएको छ । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय