scheduleआइतवार आश्विन ११ गते, २०७७

यी बलिउड स्टार, जसले गर्छन् अरु पनि धन्दा

salman_khan_aamir_khan_shahrukh_khan

बलिउडमा सफलता, नाम र चर्चाको समय त्यति लामो हुँदैन । थाहा नै हुँदैन, को रातारात स्टार बन्छ र को रातारात गुमनाम बन्छ ।
यसैले भएर होला, आजकल बलिउड स्टारहरु अभिनयमा मात्र अडिन सकेका छैनन् । उनीहरुले अभिनयसँगै अन्य क्षेत्रमा पनि लगानी गरिरहेका छन् ।
shahrukh_khanशाहरुख खान
शाहरुख खान बलिउडमा सबैभन्दा धनी अभिनेताको रुपमा चिनिन्छन् । शाहरुखले आफ्नो फिल्म प्रोडक्सन हाउस खोलेका छन्, जसको नाम हो, रेड चिली इन्टरटेनमेन्ट । उनको प्रायः फिल्म यसैले बनाउँछ ।
शाहरुख क्रिकेट लिग आइपिएलमा कलकत्ता नाइट राइडर्सको मालिक पनि हुन् । शाहरुख यसको सँगसँगै इम्याजिनेसन एडुटेन्मेन्ट प्राइभेट लिमिटेडमा पनि लगानी गरिरहेका छन् ।

salman_khan सलमान खान
सलमान खानको भारतमा र विशेषगरी मुम्बईमा उल्लेख्य सम्पत्ति छ, जसमध्ये एउटा हो पनवेल वाला फर्महाउस ।
सलमान खानको कमाईका उल्लेख्य भाग आफ्नो संस्था ‘बिइङ ह्युमान’मा जान्छ । हालसालै उनले आफ्नै प्रोडक्सन सलमान खान प्रोडक्सन पनि सुरु गरेका छन् ।

john_abraham जोन अब्राहम
जोन अब्राहमले आफ्नो आफूले अध्ययन गरेको अर्थशास्त्रको डिग्रीलाई प्रयोग गर्न सुरु गरेका छन् । जोनले विकी डोनरको सफल प्रोडक्सन हाउस सुरु गरेका छन् । जोन अब्राहम हक्की लिगमा हक्की टिमको मालिक पनि हुन् ।

akshay_kumar अक्षय कुमार
अक्षय कुमारसँग दुईवटा फिल्म प्रोडक्सन हाउस छन्– गेजिंग गोट पिक्चर लिमिटेड र हरी ओम इन्टरटेनमेन्ट ।
हालसालै अक्षय कुमारले राज कुन्द्रा र शिल्पा शेट्टीसँग मिलेर टिभी सपिङ्ग च्यानल बेस्ट टिभी डिल सुरु गरेका छन् ।
अक्षय भन्छन्, ‘बेस्ट टिभी भेन्चर हामीले राज कुन्द्राको काँधमा राखेर चलाइरहेका छौं र यो भेन्चरले मेरो धेरै समय लिँदैन ।’

shilpa_shetty शिल्पा शेट्टी
शिल्पाले जतिबेलादेखि व्यापारी राज कुन्द्रासँग विवाह गरिन्, त्यतिबेलादेखि नै उनी फिल्ममा कम र आफ्नो पतिको साथ नयाँ नयाँ व्यापारमा समय धेरै दिइरहेकी देखिन्छिन् ।
जस्तो कि आइपिएल टिम राजस्थान रोयल्स, गोल्ड ज्वैलरी व्यापार, फिल्म प्रोडक्सन हाउस ‘इसेन्सियल स्पोर्ट्स एण्ड मिडिया’ र हालसालै उनले टिभी सपिङ्ग च्यानल पनि सुरु गरेकी छिन् ।

ajay_devgan अजय देवगन
अगजले प्रोडक्सन हाउसको साथसाथै आफ्नो पैसा गुजरातको एक सोलार प्लान्टमा लगाएका छन् ।
उनी भन्छन्, ‘भारतमा सधै ऊर्जाको आवश्यकता पर्छ, र यो समय ग्रीन इनर्जीलाई प्रोत्साहन गर्नुपर्छ किनकी ऊर्जाको भविष्य यसैमा छ ।’

sonakshi_sinha सोनाक्षी सिन्हा
सोनाक्षी सिन्हा अभिनयमा आएको धेरै नभएपनि उनले अभिनयको अलावा शिल्पा र अक्षयसँग मिलेर टिभी सपिङ्ग च्यानल बेस्ट टिभी डिलमा लगानी गरेकी छिन् ।
सोनाक्षी भन्छिन्, ‘अभिनय सँगसँगै अरु यस्ता धेरै विकल्प छन्, जहाँ म समय र पुँजी लगानी गर्न सक्छु र गर्छु पनि ।’

sunil_shetty सुनिल शेट्टी
सुनिल शेट्टीको कैयौं क्लब र रेष्टुरेन्टहरु मुम्बईमा छन् । सुनिल शेट्टीले क्लोथिंग र होम डेकोरेटनको व्यापार पनि सुरु गरेका छन् ।
कैयौं अभिनेता र अभिनेत्रीहरु समेत प्रोडक्सन हाउस खोलिरहेका छन् जस्तो अमिर खान, अरबाज खान, अनुष्का शर्मा, अमिषा पटेलहरु । यसैगरी कैयौं सेलिबे्रटीहरुले ग्ल्यामरसँगसँगै क्लोथिंगको लाइनमा पनि हात हालिरहेका छन् जस्तो कि हृतिक रोशन, आलिया भट्ट, बिपाशा बासु, सोनम कपूर र दीपिका पादुकोण ।

किन गर्छन् व्यापार ?
चर्चित ट्रेड एक्सपर्ट आमोद मेहरा भन्छन्, ‘अभिनेता अभिनेत्रीलाई ब्रान्ड वा कम्पनीको लागि जब ठूलो मात्रामा आम्दानी हुन्छ, उनीहरु त्यसलाई अझै बढाउन चाहन्छन् । यसले उनीको ब्रान्ड पनि बढ्छ । उदाहरणको लागि शाहरुखले किडजानियामा लगानी गरे, त्यहाँ जाने बच्चाहरुले खान बारे जानकारी पाउँछन् र उनको फ्यान बन्दछन् । अर्कोकुरा उनीहरुको पब्लिसिटी मिल्छ, जस्तो कि शिल्पा शेट्टी ।’

आमोद महरा अगाडि भन्छन्– ‘अभिनेताले आफूले कमाएको सम्पत्तिलाई पहिलादेखि नै लगानी गरिरहेको पाइन्छ । जस्तो कि धर्मेन्द्रले जमिनमा लगानी गरेका छन् भने अजय देवगनले पनि जमिनमा लगानी गरेका छन् । जितेन्द्रले आफ्नो धेरै लगानी हाउजिङ परियोजनामा लगाएका थिए । सञ्जीव कुमार र अमजद खानको रेष्टुरेन्ट थियो । यहाँ अभिनेताहरुलाई पब्लिसिटी पनि मिल्छ र पैसा पनि ।’

उनी अगाडि थप्छन्, ‘सेलिबे्रटीहरुको दिमाग हुँदैन । उनीहरु अभिनय गर्न सक्छन् तर व्यापार सक्दैनन् । यहाँ त लगानीकर्ता बैंकर्स हुन्छन् जो सेलिबे्रटीको लागि व्यापार गर्छन् ।’
–सुप्रिया सोगले, बीबीसी हिन्दीबाट

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय