scheduleशनिवार आश्विन ४ गते, २०७६

पत्नीलाई औषधी किन्न दुई महिनाको बच्चा बेच्नुपरेपछि….

childमलकागिरि, भारत । पत्नीलाई औषधी किन्नको लागि एक आदिवासीले आफ्नो दुई महिनाको बच्चा बेच्नुपरेको छ । उनले बच्चाको ७०० भारुमा एक महिलालाई बेचेका हुन् ।

कोरकुँडा ब्लकको चित्तापल्ली २ निवासी सुकुरा मुदुली र उसको पत्नी धुमुसी मुदुलीले आफ्नो बच्चालाई गत डेढ महिनाअघि छिमेकी चित्तापल्ली ३ गाउँकी आशा कार्यकर्तालाई सुम्पिएका थिए ।

उक्त गरिब दम्पत्तिले कुनै पनि सरकारी सुविधा नलिएको पाइएको छ । आफ्नी श्रीमती बिरामी हुँदा औषधी त परै जाओस् रोटी पनि किन्न नसकेपछि दुई महिनाको छोरालाई सुम्पिएर श्रीमतीको लागि औषधी र ५० किलो चामल किनेका थिए ।

उनीहरु अझै पनि बच्चाको लालनपालन गर्न सक्ने अवस्थामा छैनन् र सन्तान फिर्ता गर्न सकेका छैनन् । उनीहरुलाई सरकारी सेवा सुविधा उपलब्ध गराउन गृहकार्य भइरहेको एक सरकारी अधिकारीले बताए । एजेन्सी

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage