scheduleआइतवार आश्विन ११ गते, २०७७

आदित्यले सामना गर्ने सकेनन् रानीको च्यालेन्ज !

rani and aadityaएजेन्सी । बिहे गरेको एक वर्ष नपुग्दै नायिका रानी मुखर्जी र उनका पति आदित्य चोपडाले एक–अर्कालाई च्यालेन्ज दिएका छन् । त्यो च्यालेन्ज कान्छी भित्र्याउने या रानीले आदित्यसँग डिभोर्स गर्नेचाहिँ होइन । त्यो हो– तौल घटाउने ।

गत वर्ष २१ अप्रिलमा सट्याकसुटुक बिहे गरेका रानी र आदित्यले एक वर्षभित्र कसले बढी तौल घटाउन सक्छ भनेर एक–अर्कालाई च्यालेन्ज गरेका रहेछन् । सोही चुनौतीअनुसार आदित्यले आफ्नो तौल घटाउन हरसम्भव कोसिस गरे । त्यसमा पत्नी रानीले पनि उनलाई मज्जैले साथ दिइन् । तर, अहिले हेर्दा लाग्छ, त्यो च्यालेन्ज रानीले नै जितेकी छिन् ।

अलि पाको उमेरका पति आदित्यले चुनौतीको सामना गर्न नसकेको उल्लेख भारतीय सञ्चारमाध्यमले गरेका छन् ।  दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय