scheduleमगलवार आषाढ़ ३० गते, २०७७

संचारकर्मी टिकाले ‘मर्म’ सार्वजनिक गरे

Marmaधादिङ । संचारकर्मी टिका श्रेष्ठको मर्म बजारमा आएको छ । यस अघि फुल्दै–फुल्दै जाउ नामक आधुनिक गीत बजारमा सार्वजनिक गरेका श्रेष्ठले अहिले तिमीबिनाको जीवन ल्याएका छन् ।

माया गर्ने व्यक्ति टाढा भएपछि विछोडको पीडा मर्म मार्फत पोखिएको छ । शब्द, संगीत र आवाज श्रेष्ठले नै भरेको गीतको एरेन्ज भने हेमन्त शिशिरले गरेका छन् ।

मर्म एल्बम मार्फत बजारमा आएको तिमीबिनाको जिवन नामक गीतको भिडियो सिडि छिट्टै सार्वजनिक गरिने श्रेष्ठले जानकारी दिए । आधुनिक गितको दुनियामा अघि बढ्दै गरेका श्रेष्ठले यसपछि फास्ट ट्रयाकका गीतहरु पनि बजारमा ल्याउने बताए ।

श्रेष्ठले रेडियो धादिङमा पाँच वर्षदेखि साङ्गीतिक कार्यक्रम उत्पादक संचालन गर्दे आएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय