scheduleबिहिवार आश्विन २ गते, २०७६

नारायणकाजीको दौडधुपमा वैदेशिक रोजगारीमा शून्य शुल्क प्रणाली !

foreign employmentकाठमाडौ, ४ वैशाख । सरकारले वैदेशिक रोजगारीमा जाने युवालाई निःशुल्क पठाउने प्रक्रिया अघि बढाउने भएको छ ।

रोजगारदाता कम्पनीहरूले कामदार लिँदा शुल्क लिन नपाउने भए पनि सरकारी नीतिका कारण म्यानपावर कम्पनीहरूले कामदारसित चर्को शुल्क लिइरहेको अवस्थामा सरकार शून्य शुल्क प्रणाली लागू गर्ने तयारीमा लागेको हो ।

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई शुल्क नलिई वैदेशिक रोजगारमा पठाउन सरकारले गृहकार्य गरिरहेको जानकारी गराएका थिए ।

श्रेष्ठले आफूले मलेसिया भ्रमणका क्रममा नेपाली कामदारले त्यहाँ भोगिरहेको शोषणबारे सरकारलाई जानकारी गराउँदा दुवै मन्त्रीले यसखाले तयारी भएको जानकारी दिएको बताए । कान्तिपुर दैनिकमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage