scheduleमगलवार आषाढ़ ३० गते, २०७७

भद्रगोलका बलेले देख्ने भए बाबुको बिहे

ए हो ठिकै छ नि त ! बिहे नै पो हुने बो ‘सिते बा’ काे

site baकाठमाडौं, ५ वैशाख । ‘ए हो ठीकै छ !’ लोकप्रिय हास्य टेलिश्रृंखला भद्रगोलका सिते बा जहिले जुनसुकै अवस्थामा पनि यसै भनेर हैरान पार्छन् । सुखद अवस्थामा होस, चरम दुःख परेका बेलामा पनि यी सिते बाले ठाउँ न कुठाउँ ‘ए हो, ठीकै छ’ भनेर खित्तित्त हाँस्दै अरु पात्रलाई हैरान पार्छन् भने दर्शकलाई चाहिँ रमाइलो गराउँछन् ।

भद्रगोलका यी सिते बालाई चाहिँ बल्ल आएर अरुले ‘ए हो ठीकै छ’ भन्ने बेला आएको छ । किनभने यी तन्नेरी सिते बा बल्ल बिहे गर्दैछन् । उनी जसलाई बिहे गर्न लागेको खबर सुनाउँछन्, उनीहरुले सीतेबालाई उनकै शैलीमा ए बिहे पो गर्न लाग्या, ठीकै छ भनेर बदला नै लिए जसरी जिस्काउन थालेका छन् ।

सिरियलमा पाको वृद्द देखिने सिते बाको लालाबाला धेरै होलान्,यिनले त उहींले नै बिहे गरिसके होलान् भन्ने लाग्दो हो । तर यी सिते बा सिरियलमा जस्तो बुढो छैनन् ।

काभ्रेपलाञ्चोक जिल्ला कोशीबेखा गाविस वडा नं. १ पिले डाँडा घर भइ हाल राजधानीको चण्डोलमा बस्दै आएका मधुसूधन पाठक नामधारी यी सिते बा वास्तविकतामा भने बल्ल २६ वर्ष पुगेका छन् । बिहे गर्ने सुरसार पनि बल्ल गर्दैछन् ।

मधुसूदनका लागि भद्रगोलकै निर्माता तथा एक कलाकार सुवास कार्की बेलासेले लमी बनेर केटी खोजिदिएपछि उनी आगमी बैशाख १६ गते विवाह बन्धनमा बाँधिन लागेका हुन्स । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय