scheduleबिहिवार आश्विन ८ गते, २०७७

सञ्चिताको बढ्दो व्यस्तता, एकपछि अर्को अफर

sanchita luitelकाठमाडौं । अभिनेत्री सञ्चिता लुइँटेल अचेल फेरि व्यस्त भएकी छिन् । केही वर्षको विश्रामपछि अभिनयमा पुनरागमन गरेकी उनले सिबा–दि लिडर, नाइँ नभन्नु ल–३, आरोप हुँदै हाल नयाँ फिल्म खतरनाकमा अभिनय गरेकी छिन्।

दुई सन्तानकी माता सञ्चिता अभिनीत नाइँ नभन्नु ल–३ हाल सफलताका साथ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । अभिनेता निखिल उप्रेतीसँग बिहे गरेपछि केही वर्ष अभिनयबाट आराम लिएकी उनलाई एकपछि अर्काे फिल्मबाट अफर आइरहेको छ ।

०५७ सालमा रमेश बुढाथोकीको निर्देशनमा डा. भोला रिजालले निर्माण गरेको अप्सरा फिल्मबाट डेब्यु गरेकी सञ्चिता अब पुन: पहिलाकै झैँ सक्रिय हुन चाहन्छिन् । ‘बीचमा ग्याप भए पनि अब म अभिनयमा निरन्तर लाग्छु,’ उनी भन्छिन्, ‘दर्शकको माया र साथले नै अघि बढ्न पाएकी छु ।’

विकास आचार्यले मुस्कान ढकालको निर्देशनमा निर्माण गरेको नाइँ नभन्नु ल–२ मा सञ्चिताको छोटो तर मीठो भूमिका छ । त्यसैगरी, रामकाजी घिमिरेको निर्देशनमा ज्याक श्रेष्ठले निर्माण गरेको सिबा दि लिडरमा उनी पत्रकारको भूमिकामा छिन् ।

अमर ओलीको निर्देशनमा बनेको आरोपमा उनी अभिनेता किशोर खतिवडाकी प्रेमिका बनेकी छिन् भने खतरनाक फिल्ममा उनी नवअभिनेता दिनेश केसीको जोडी भई अभिनय गरेको निर्देशक ऋषि बताउँछन् ।
‘अरू केही फिल्मबाट पनि अफर आइरहेका छन्,’ सञ्चिता भन्छिन्, ‘नानीबाबुको हेरचाह गर्दै समय मिलेसम्म फिल्म गर्छु ।’ आफ्नो कमब्याक सुखद भएकोमा उनी प्रफुल्लित छिन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय