मिस नेपालको ताज मानन्धरलाई
काठमाडौँ, ६ वैशाख । यस वर्षको मिस नेपालको ताज इभाना मानन्धरले जित्न सफल भएकी छन् ।
दि हिडन ट्रेजरले आयोजना गरेको प्रतियोगिताको शनिबार अन्तिम प्रतिस्पर्धामा १८ प्रतियोगीलाई पछि पार्दै मानन्धरले ताज जितेकी हुन् ।
मिस नेपालको फष्ट रनरअप दिब्यता बैद्य र सेकेन्ड रनरअप उपाधी मेधा कोइरालाले हात पारे । मिस नेपाल २०१५ की विजेता मानन्धरलाई २०१४ की मिस नेपाल सुुबिन लिम्बुले ताज पहिराएकी थिइन् । रासस