scheduleसोमवार आश्विन ६ गते, २०७६

विहे गरी मलेसिया उडेका भुजेल बेहोस भएपछि ब्युँझिएनन्

क्वालालम्पुर, ६ वैशाख । मलेसियाको जोहर फ्लेक्ट्रोनिक कम्पनीमा कार्यरत अर्जुन भुजेलको शनिबार बिहान मलेसियामा मृत्यू भएको छ ।

आफू बस्ने कोठाबाट बसमा चढेर साथीहरुसँगै काममा लागि कम्पनीमा पुगेका अर्जुन अचानक बेहोस भई ढलेका थिए । सोही कम्पनीमा कार्यरत नेपाली ईश्वर मगरका अनुसार बेहोस भएका अर्जुनलाई अस्पताल पुर्याइएको थियो । अस्पतालमा उनको मृत्यू भएको घोषणा गरिएको मगरले जानकारी दिए ।

धादिङको कल्लेरी–६ खरीढुंगाका पशुपति भुजेलका २३ वर्षीय छोरा भुजेलको मृत्यूको कारण भने खुल्न सकेको छैन । उनी मलेसियाKalleriarjun bhujel जानु अघि जनमुक्ति सेनाको शक्तिखोर शिविरमा रहेका थिए ।

जनमुक्ति सेना छाडेर केही समय पोखरा बसेका उनले गत असारमा धादिङ साँखुमा विवाह गरेका थिए । विवाहको एक हप्तापछि रोजगारीका लागि विदेशिएका भुजेलको आइतबार बिहान निधन भएको हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage