scheduleसोमवार आश्विन ६ गते, २०७६

मे १ मा युएईमा नि:शुल्क स्वास्थ्य सेवा

THUMBAY HOSPITAL uae 1दुबई । अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात माई १ को अवसर पारेर नेपालीहरुका लागि युएईमा नि:शुल्क स्वास्थ्य परीक्षण गरिने भएको छ।

दुबई र सारजाह लाई सेन्टर पारेरअल्मुला पल्जा नजिकै रहेको लुलु मार्केट सगै जोडिएको थुम्बय अस्पतालमा १ मे शुक्रबार बिहान ९ बजे देखि ५ बजेसम्म कार्यक्रम संचालन रहने हुदा युएईमा क्रियाशील सम्पूर्ण संघ सस्थाका प्रतिनिधिहरु, समाजसेवी साथै सम्पूर्ण नेपालीलाई सिविरमा उपस्थित हुन अनुरोध गरेको छ।

शिविरमा आउन जान यातायातको समेत व्यवस्था गरिएको एभरेष्ट इन्टरनेसनल कन्सल्टेन्सीका प्रोपाइटर सालीक सुवेदी शालिक सुवेदीले जानकारी दिए । वैदेशिक रोजगारीमा रहेका समयमा बदलिएको जीवनशैलीका कारण हुने शारीरिक निश्क्रियता, मोटोपना, असन्तुलित खानपान, मदिरा तथा धूमपानको प्रवृत्ति, मानसिक तनाव लगायतका कारण हृदयाघात, सुगर तथा अन्य विभिन्न समस्या देखा पर्न सक्ने  भन्दै स्वास्थ्य शिविर राखिएको  सुवेदीले जानकारी दिए ।

विभिन्न रोगका कारण वैदेशिक रोजगारमा रहेका मजदुरहरु पीडित रहेकोले यसबाट उनीहरुले सहयोग लिन सक्ने बताइएको छ ।

युएईबाट निमकान्त पाण्डे

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage