scheduleबुधवार श्रावण १ गते, २०७६

‘गोरखालीकी छोरी’ले भूकम्प पीडितको सहयोगमा रेकर्ड बनाइन्

 बेलायतमा एकैदिन तीन अर्ब संकलन

Joanna Lumleyलण्डन । गोरखालीकी छोरी भनेर चिनिने अभिनेत्री जोअना लुम्लेले नेपालका भूकम्प पीडितका लागि एकैदिन तीन अर्ब रुपैयाँ संकलन गर्न सफल भएकी छिन् ।

डिजास्टर इमरजेन्सी कमिटी (डिइसी) नाम दिएर जोअनाले सुरु गरेको राहत संकलन अभियानले २४ घण्टामा २ अर्ब ९७ करोड रुपियाँ संकलन गर्न सफल भएको हो । उनको अभियानलाई बेलायती राजपरिवारले पनि समर्थन गरेको थियो ।
अभियानको घोषणा गर्दै उनले हजारौं वर्षदेखिको प्राचीन संस्कृति बोकेको मुलुक नेपालको इतिहासलाई भुकम्पको केही सेकेन्डको झड्काले माटोमा मिलाइदिएको बताएकी थिइन् । उनले भनिन्, ‘भुकम्प केही सेकेण्डमा सकियो तर त्यसको प्रभाव बर्षों रहने छ ।’
उनले गोरखालीले दुईसय वर्षसम्म बेलायतको लागि ज्यान आहूति दिएको स्मरण गर्दै भनिन्, ‘अब पालो नेपालीलाई सहयोग गर्ने हो ।’

उनको अभियानमा ९० लाख रुपैयाँ बराबरको सहयोग बेलायती सरकारले गरेको थियो । नेपालमा गएको महाभूकम्पबाट पीडित भएकाहरुलाई सहयोग गर्न सुरु गरिएको नेपाल अर्थक्वेक अपिल नामक अभियानकी सञ्चालित जोअना सन् २००९ मा पूर्व गोरखाहरुलाई बेलायतको आवासीय भिसाका लागि सफल अभियान गरेर नेपाली र गोरखालीमाझ परिचित छिन् । यो अभियानले यसअघि जुटाएको दैवीप्रकोप सहयोगको रेकर्डलाई समेत तोडेको बताइएको छ ।

यो पनि पढौं

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob