scheduleशनिवार आश्विन १० गते, २०७७

अभिताभले यसरी गरे नेपालको सम्झना

amitabh-bachchanएजेन्सी । महाभुकम्पबाट पीडित नेपालीप्रति समवेदना व्यक्त गर्दै बलिउड अभिनेता अमिताब बच्चनले बुधबार राति साढे ११ बजे लामो ब्लग लेखेका छन्। ब्लगमा उनले सन् १९५४ मा पहिलोपटक हिमालय देशको पहिलो भ्रमण गरेको उल्लेख गरेका छन्। सोही भ्रमणनै उनको पहिलो बिदेश यात्रा पनि रहेका छन् ।

ब्लगमा भनेका छन्,‘मैले १९५४ मा नेपालको यात्रा गरेको थिए त्यसबेला म इलाहाबाद बस्थेँ। बाबूजी (हरिबंश राय बच्चन)ले आफ्नो नेपालको घनिष्ट समकालिन साहित्यकारमध्ये केहीसँग मिटिङ गर्न चाहेपछि हामी पटनादेखि काठमाडौं प्रोपेलर डकोटा विमानमार्फत झरेका थियौं।’
‘विमानमा यो मेरो पहिलो यात्रा थियो। र विदेश यात्रा पनि पहिलो नै।यस्तोमा मलाई अतुलनीय खुसी लागिरहेको थियो,’ उनले सम्झना गरे। उनले शनिबार नेपालमा गएको महाभुकम्पले आफ्नो मन मस्तिस्क र सोचमै असर गरेको उल्लेख गरेका छन्। कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय