scheduleसोमवार आश्विन १२ गते, २०७७

सलमानले भने, ‘म नेपालीलाई सहयोग गर्दिन’

salman_khanकाठमाडौं, २० वैशाख । बलिउडका नायक सलमान खानले नेपालका भूकम्प पीडितलाई आफूले सहयोग नगर्ने बताएका छन् ।

सलमानले नेपालका भूकम्प पीडितहरुलाई सहयोग गरेको भन्ने समाचार केही भारतीय मिडियामा आएपछि उनले ट्विट गरेरै आफूले नेपालका भूकम्प पीडितलाई कुनै सहयोग नगरेको र अब पनि नगर्ने प्रष्ट पारे ।
सलमानले बीइङ ह्यूमन नामक आफ्नो संस्थाले नेपालमा कुनै सहयोग नगर्ने प्रष्ट पारे ।

सलमानले भनेका छन्, ‘बीइङ ह्यूमनले नेपालका भूकम्प पीडितलाई सहयोग गरेको अफवाह फैलाइएको छ, यो सरासर झुट हो । हामीले केवल भारतमा सेवा प्रदान गर्छौं ।’

साथै बलिउडका अर्का नायक अक्षयकुमारले पनि आफ्नो आगामी फिल्म ‘गब्बर इज ब्याक’को कमाई नेपालका पीडितलाई नदिने प्रष्ट पारेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय