scheduleशनिवार आश्विन १० गते, २०७७

नेपालको भूकम्पले आफ्नो ‘मुटु टुटेको’ अमिर खानको प्रतिक्रिया

पीडित बालबालिकालाई युनिसेफमार्फत सहयोग गर्न अपिल

amir khanकाठमाडौं, २० वैशाख । चर्चित अभिनेता अमिर खानले नेपालमा भूकम्पबाट हजारौंले ज्यान गुमाएको थाहा पाउँदा आफू स्तब्ध भएको बताएका छन् । उनले आइतबार ट्वीट गर्दै भनेका छन्, ‘नेपालमा भूकम्पले क्षति पु-याएको सुनेर मेरो ‘मुटु टुटेको’ छ ।’

अमिरले केही समयअघि नेपालको भ्रमण गरेको स्मरण गर्दै उनले भूकम्प पीडितलाई तत्काल सहयोगको हात बढाउन समेत अपिल गरेका छन् ।

सामाजिक अभियन्ता समेत रहेका खानले भूकम्प पीडित बालबालिकाहरुलार्इ युनिसेफमार्फत सहयोग प्रदान गर्न अपिल गरेका हु्न् ।
amir tweet

अमिरका अपिलमा नेपालका भूकम्प पीडित बालबालिकालाई सघाउने अभियान अघि बढिरहेको बताइएको छ । एजेन्सी

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय