scheduleसोमवार आश्विन १२ गते, २०७७

सलमान खान दोषी ठहर, १० वर्षसम्म जेल सजाय हुनसक्ने

मुम्बई, २३ वैशाख । बलिउडका दवंग सलमान खान १२ वर्ष पूरानो ‘हिट एण्ड रन’ मुद्दामा दोषी ठहर भएका छन् । मुम्बईस्थित अदालतले उनलाई दोषी ठहर्याएको हो । यससँगै उनलाई अब १० वर्षसम्म जेल सजाय हुन सक्नेछ । अदालतको फैसला सुनेपछि सलमान असिनपसिन भएको भरतीय मिडियाहरुले जनाएका छन् । उनकी दुई बहिनी अदालतमै रोएका थिए ।

salman_khan

सलमानविरुद्धको मुद्दामा अन्तिम सुनवाई पछि न्यायाशीध डीडब्लू देशपाण्डेले सलमान खान माथिको आरोप पुष्टि भएको बताए ।
उनले भने, ‘सलमानले नशामा गाडी चलाईरहेका थिए । उनीमाथि लागेका सबै आरोप पुष्टि भएका छन् ।’

बुबा सिद्दीकी र भाइ सोहेल खानसँगै बाहिरिएका सलमानले मिडियासामु कुनै प्रतिक्रिया दिएनन् । सोहेल निकै आक्रामक मुडमा अदालतबाट बाहिरिएका थिए । अदालतको फैसलापछि उनका समर्थकहरु काफी निरास भएका छन् । 

सलमानले सन २००२ को सेप्टेम्बर २८ मा राती नशामा गाडी चलाउँदा सडक पेटीमा सुतिरहेका ५ जनालाई ठक्कर दिएका थिए । उनको गाडीले किच्दा १ जनाको मृत्यु भएको थियो भने अन्य ४ घाइते भएका थिए ।

यद्यपी सलमानले भने आफूमाथिको आरोपको खण्डन गर्दै आएका छन् । सो समय न आफूले गाडी चलाएको न त नशामा नै रहेको सलमानको दावी छ ।

सरकारी वकिलले अदालत समक्ष २७ प्रमाण पेश गरेका थिए । उनको दावी छ कि, ‘सलमान घटनापश्चात सुटुक्क भागे । उनले प्रहरीलाई यसबारे जानकारीसमेत गराएनन् ।’ यद्यपी सलमानले भने घटना पश्चात १५ मिनेटसम्म आफू त्यहीँ रहेको दावी गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय