scheduleबिहिवार आश्विन ८ गते, २०७७

सलमानलाई ५ वर्षको जेल सजाय, अदालतबाटै गिरफ्तार !

सलमानमाथिका सबै आरोप सही ठहरियो

मुम्बई, २३ वैशाख । बलिउडका ‘दवंग’ सलमान खानलाई १२ वर्ष पूरानो ‘हिट एण्ड रन’ मुद्दामा दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाइएको छ । मुम्बईस्थित एक अदालतले उनलाई दोषी गर्दै यस्तो फैसला सुनाएको हो ।

अदालतको फैसला सुनेपछि सलमान असिनपसिन भएका थिए । सजाय सुनाइएपछि उनी अदालत परिसरमै थचक्क बसेर रुन थालेको बिबिसी हिन्दीमा खबर छ । जमानतका लागि अब उनले हाइकोर्टको ढोका ढक्ढक्याउनु पर्नेछ ।

फैसला लगत्तै सलमानकी आमा बेहोस भएर ढलेकी थिइन् भने, दुई बहिनी अदालतमै रोएका थिए ।

salman_khan

सलमानविरुद्धको मुद्दामा अन्तिम सुनवाई पछि फैसला सुनाउँदै न्यायाशीध डीडब्लू देशपाण्डेले सलमान खान माथिको सबै आरोप पुष्टि भएको बताए ।
उनले भने, ‘सलमानले सो समय नशामा गाडी चलाईरहेका थिए । उनीमाथि लागेका सबै आरोप पुष्टि भएका छन् ।’

बुबा सिद्दीकी र भाइ सोहेल खानसँगै बाहिरिएका सलमानले मिडियासामु कुनै प्रतिक्रिया दिएनन् । सोहेल निकै आक्रामक मुडमा अदालतबाट बाहिरिएका थिए । त्यसलगत्तै प्रहरीले उनलाई जिरफ्तार गर्यो ।

अदालतको फैसलापछि उनका समर्थकहरु काफी निरास भएका छन् । 

सलमानले सन २००२ को सेप्टेम्बर २८ मा राती नशामा गाडी चलाउँदा सडक पेटीमा सुतिरहेका ५ जनालाई ठक्कर दिएका थिए । उनको गाडीले किच्दा १ जनाको मृत्यु भएको थियो भने अन्य ४ घाइते भएका थिए ।

यद्यपी सलमानले भने आफूमाथिको आरोपको खण्डन गर्दै आएका छन् । सो समय न आफूले गाडी चलाएको न त नशामा नै रहेको सलमानको दावी छ ।

सरकारी वकिलले अदालत समक्ष २७ प्रमाण पेश गरेका थिए । उनको दावी छ कि, ‘सलमान घटनापश्चात सुटुक्क भागे । उनले प्रहरीलाई यसबारे जानकारीसमेत गराएनन् ।’ यद्यपी सलमानले भने घटना पश्चात १५ मिनेटसम्म आफू त्यहीँ रहेको दावी गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय