scheduleसोमवार आश्विन १२ गते, २०७७

हाई कोर्टको फैसलाले जेल जानबाट जोगिए सलमान

salman_khanकाठमाडौं, २५ वैशाख । शेसन कोर्टको फैसलाले पाँच वर्ष जेल जाने सजायँ पाएका भारतीय अभिनेता सलमान खानलाई हाई कोर्टको फैसलाले जोगाएको छ ।

हिनट एन्ड रन घटनामा अभियुक्त ठहर गर्दै शेसन कोर्टको फैसलाका विरुद्ध हाइकोर्टले खानलाई जमानतमा रिहा गर्ने फैसला गरेको हो ।

शुक्रबार भएको बहसका क्रममा शेसन कोर्टले बुधबार दिएको ५ वर्षको सजाय निलम्बन गर्दै हार्इ कोर्टले जमानतमा रिहा गर्न आदेश दिएको छ।

मुम्बर्इ हार्इ कोर्टका न्यायाधीश अभय थिप्सेले सलमानको निवेदनमा सुनुवार्इ गर्दै जमानतमा छोड्ने आदेश दिएका हुन् । यो फैसलासँग उनी र उनको फ्यानले राहत महसुस गरेका छन् । यो फैसलासँगै उनले सेशन कोर्टमा आत्मसमर्पण गरी ३० हजार भारतीय रुपैयाँ बेल बन्ड भरेपछि उनी जेल जानबाट जोगिनेछन् ।

शेसन कोर्टले फुटपाथमा सुतिरहेका मानिसलार्इ गाडीले कुल्चेको घटनामा सलमानलार्इ दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय