scheduleबुधवार श्रावण १ गते, २०७६

अस्ट्रेलियाका नेपालीद्वारा भूकम्पपीडितलाई सहयोग

Aus_Flagभक्तपुर, ५ जेठ । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पले पीडित नेपालीलाई अस्ट्रेलियामा बस्ने नेपाली विद्यार्थीले सहयोग जुटाएका छन् ।

नेपालमा घरबास तथा आफन्त गुमाएकालाई राहत सहयोगका लागि अस्ट्रेलियामा बस्ने नेपाली विद्यार्थीले सङ्कलन गरेको रु एक लाख २० हजार नगद र सोही रकमबराबरको राहत सामग्री सङ्कलन गरी नेपाल पठाएका हुन् ।

भक्तपुरको साविक सिरुटार गाविस–७ घर भई हाल अस्ट्रेलियाको साउथर्टन क्रस युनिर्भरसिटीमा अध्ययन गरिरहेका मिलन मिश्रको संयोजकत्वमा त्यहाँ अध्ययनरत् ६६ जना विद्यार्थीले राहत सङ्कलन गरी नेपाल पठाएका हुन् ।
त्यसैगरी नेपालमा शान्तिको कामना गर्दै अस्ट्रेलियाको राधाकृष्ण मन्दिरमा ब्राम्हणसहित नेपाली विद्यार्थीले शान्ति स्वस्तिक पाठ गर्दै भजनकीर्तन समेत गरेका छन् । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob