scheduleशुक्रवार आश्विन ९ गते, २०७७

अब भूकम्पपीडितले निःशुल्क फिल्म हेर्न पाउने

प्रभावित क्षेत्रमा ‘घुम्ती फिल्म फेस्टिवल’

kabaddi

काठमाडौं, ८ जेठ । भूकम्पले त्रस्त जनजीवन सामान्य बनाउने कसरी ? धेरैले धेरै थरीका योजना बनाएका हुनसक्छन् । तर मिडिलवे फिल्मस्ले भने भूकम्पप्रभावित बस्तीहरुमा गएर घुम्ती फिल्म फेस्टिवल आयोजना गर्ने भएको छ ।
काठमाडौंको टुँडिखेलबाट शुक्रबार सुरु हुने यो फेस्टिवलमा चलचित्र र लुघ चलचित्रहरु प्रदर्शन गरिनेछ । यो फेस्टिवल भूकम्पप्रभावित दुर्गम बस्तीहरुसम्म पुग्ने छ र खुला चौरमा पर्दा टाँगेर निःशुल्क फिल्म देखाइने छ ।

टुँडिखेलपछि यो टोली काभ्रे हुँदै सिन्धुपाल्चोक, दोलखा, धादिङ, गोरखा लगायतका ठाउँहरुमा पुग्ने आयोजकले जानकारी दिएको छ ।

सञ्चारकर्मी एवम् निर्देशक भोजराज भाटले निर्देशन गरेको लघुचलचित्र सुनाकलीबाट फिल्म फेस्टिबल सुरु गरिनेछ । फेस्टिवलमा प्रदर्शन गरिने करिब एक दर्जन बढी चलचित्र र लघुचलचित्रमा नविन सुब्बाको नुमाफुंग, छिरिंग शेर्पाको कर्मा, रामबाबु गुरुङको कब्बडी, मोहन राईको जोर्नी टु थिएटर, फुलमान बलको सेलफोन, हरि थापको शेर्पा : टु हिरोज अफ माउन्ट एभरेस्ट रहेका छन् ।

यसैगरी शान्ति लामा र ज्ञानु लामाको म्हेन्दोमाया, डा.तोशियाकी इतोहको कठपुतली लगायतका चलचित्रसँगै विभिन्न लघुचलचित्र भूकम्पपीडितले आफ्नै बस्तीमा निशुल्क हेर्न पाउनेछन् । आयोजक संस्था मिडिलवे फिल्मस्का म्यानेजिङ डाइरेक्टर मोहन राईले जानकारी दिए अनुसार घुम्ती फिल्म फेस्टिवलमा भूकम्पसम्बन्धी केही वृत्तचित्र पनि प्रदर्शन गरिने छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय