scheduleसोमवार भाद्र २ गते, २०७६

भूकम्पमा भागेका चार कैदी प्रहरी नियन्त्रणमा

हेटौँडा, ९ जेठ । गत वैशाख १२ गतेको भूकम्पपछि सिन्धुपाल्चोक कारागारबाट भागेका चार अपराधी शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरको सम्पर्कमा आएका छन् ।

कैदी लामा तामाङ, ग्याल्बो तामाङ, सरिता घले र रिना मिजार सार्की (पहिलो तीन हत्या र पछिल्लो एक लागुऔषध कारोबार) का मुद्दामा कैद भुक्तान गरिरहेको प्रहरी उपरीक्षक प्रकाशजङ्ग कार्कीले बताए । उनीहरु अहिले जिल्ला अदालत कार्यालय मकवानपुरमा राखिएका छन् । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage