scheduleसोमवार भाद्र २ गते, २०७६

त्रिपालमा बढी नाफा खाने व्यापारीविरुद्ध मुद्दा

मोरङ, ९ जेठ । बढी मुनाफा राखी त्रिपाल बेचेको आरोपमा पक्राउ परेका दुई व्यापारीबारे कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन–२०३२ अनुसार अनुसन्धान थालिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार २५ देखि ७८ प्रतिशत बढी मुनाफा राखी त्रिपाल बेच्ने प्रणामी इन्टरप्राइजेजका जितेन्द्र सेठिया र अम्बिका वस्त्रालयका प्रदीप अग्रवाललाई जिल्ला प्रशासन कार्यालय मोरङको अनुमतिमा पाँच दिनको म्याद थप गरेर अनुसन्धान गर्न निर्देशन दिइएको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताए । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage