scheduleआइतवार भाद्र १ गते, २०७६

एउटै बाख्रीले पाँच पाठापाठी जन्मायो

म्याग्दी, ९ जेठ । एउटा बाख्रीले सामान्यतः कति पाठा जन्माउला ? एक वा दुई । केही उन्नत जातको बाख्रीले बढीमा चार वटासम्म जन्माउने गरेको पाइन्छ । तर म्याग्दीका एक कृषकले पाल्ने गरेको बाख्रीले पाँच वटा पाठापाठी जन्माएर सबैलाई अचम्मित बनाएका छन् ।

बेनी नगरपालिका–१२ नयाँगाउँमा स्थानीयवासी शान्ति थापामगरको घरमा पालेको बाख्रीले आज तीन वटा बोका र दुई वटा पाठी जन्माएको छ । यसअघि दुईदेखि तीन वटासम्म जन्माएको बाख्रीले एकै पटक पाँच वटा पाठापाठी जन्माएपछि सबै आश्चर्यमा परेको स्थानीयवासी गोविन्दबहादुर पाइजाले जानकारी दिए ।

‘यस अगाडि कसैको बाख्रीले पनि यति धेरै पाठापाठी जन्माएको देखेका थिएनौं, यस अगाडि १२औं बेतमा पनि तीन वटा मात्रै जन्माएको बाख्रीले यस बेतमा पाँच वटा जन्माएपछि अचम्म लाग्यो,’ पाइजाले भने ।

जिल्ला पशु सेवा कार्यालयका पशु सेवा प्राविधिज्ञ डिल्लीराम रेग्मीले एउटा बाख्रीले तीन÷चार वटा पाठापाठी पाउने भए पनि पाँच वटा पाउने घटना बिरलै मात्रै हुने बताए । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage