आइतबार बिहानै अर्को धक्का
काठमाडौं, १० जेठ । आँधीहुरीले अस्थायी टहरा उडाएसँगै मध्यरातमा महसुस गरिएको शक्तिशाली धक्काको क्रम आइतबार पनि रोकिएन । आइतबार बिहान पनि सात बजेर ६ मिनेट जाँदा दोलखा केन्द्र विन्दू बनाएर ४.२ म्याग्निच्यूडको पराकम्प महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
शनिबार साँझ आएको आँधीवेहरी तथा पानी पछि राति १० बजेर २६ मिनेटमा सिन्धुपाल्चोक केन्द्र बनाएर ४.४ म्याग्निच्यूडको पराकम्प महसुस गरिएको थियो ।
भूकम्पले घर भत्काएपछि त्रिपालमुनि बसिरहेका भूकम्पपीडित जनता हुरीले त्रिपाल उडाएपछि खुला आकाशमा आइपुगेका छन् । यसलगत्तैको निरन्तर पराकम्पले थप त्रास थपिरहेको छ ।