scheduleबिहिवार भाद्र ५ गते, २०७६

सहुलियत दरमा जस्तापाता उपलब्ध गराउने

jastaमोरङ, १० जेठ । विराटनगरको बहुराष्ट्रिय कम्पनी आरती स्ट्रिप्सले नेपालका भूकम्पपीडितका लागि सहुलियत दरमा जस्तापाता उपलब्ध गराउने भएको छ ।

कच्चा पदार्थको बेस मेटलको मोटाई, जिङ्क कोटिङको प्रयोग, बन्डलको तौलअनुसार जस्तापाताको मूल्य तोकिएको सो कम्पनीले जनाएको छ । आरती स्ट्रिप्सले करसहितको खुद्रा मूल्य प्रतिबन्डल दुई हजार ८९० देखि रु आठ हजार ४३६ सम्म तोकेको जनाएको छ ।
उद्योगले दैनिक ३०० मेट्रिक टन कर्कट पाता उत्पादन गर्दै आएको छ । त्योमध्ये एकसय मेट्रिक टन रङ्गिन जस्तापाता उत्पादन गर्छ । आरती स्ट्रिप्समा चारसय नेपाली काम गर्दै आएको उद्योगले जनाएको छ । अहिले आरतीलगायतका विभिन्न जस्तापाता उद्योगलाई सरकारले भारत निकासीमा रोक लगाएको छ ।

मलमूत्र नालामा मिसाउने अस्पताललाई जरिवाना

विराटनगर उपमहानगरपालिकाले तीन वटा अस्पताललाई जरिवाना गरेको छ । उपमहानगरपालिकाका सामुदायिक विकास शाखाका प्रमुख हीरालाल यादवका अनुसार गोल्डेन अस्पताल, श्री हस्पिटल, आरके चिल्ड्रेन अस्पतालले मानव मलमूत्र फोहर नालामा मिसाइएको पाइएपछि उपमहानगरपालिकाले प्रतिअस्पताल एक लाखका दरले जरिवाना गरेको हो । गोल्डेन र आरकेले जरिवाना तिरिसकेका छन् ।

उता श्री हस्पिटलले भने जरिवाना तिर्न अँटेर गरेको बताइन्छ । उपमहानगरपालिका क्षेत्रका अस्पतालहरुले चर्पीको फोहर नालामा मिसाएको गुनासो आउन थालेपछि उपमहानगरपालिकाले अनुगमन गरेको थियो । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage