scheduleआइतवार श्रावण ५ गते, २०७६

कालिगण्डकीको बहाव नियन्त्रितरुपमा खुलाउन प्रधानमन्त्रीको निर्देशन

sushil koiralaकाठमाडौंं, १० जेठ । प्रधानमन्त्री सुशील कोइरालाले म्याग्दी जिल्लाको राम्चे गाविस बैसेरीमा गएको पहिरोबाट अवरुद्ध भएको कालीगण्डकी नदीको बहाव नियन्त्रित रुपमा सुचारु गरी अवरुद्ध नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित बनाउन आवश्यक काम तत्काल आरम्भ गर्न गृहमन्त्री वामदेव गौतम र रक्षामन्त्रालयका सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन् ।

नेपाली काँग्रेस म्याग्दीका जिल्ला सभापति एवम् संविधानसभा सदस्य रेशमबहादुर बानियाँले राम्चेमा गएको पहिरोले कालीगण्डकी अवरुद्ध हुन जाँदा जिल्ला सदरमुकाम बेनीबजारलगायत पहिरो तलका कालीगण्डकीको तटीय क्षेत्रका बस्ती र बासिन्दा असुरक्षित बन्न पुगेकाले यस विषयलाई गम्भीरताका साथ हेरिदिन अनुरोध गर्नुभएपछि प्रधानमन्त्री कोइरालाले सो निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री कोइरालाले प्रधान सेनापति गौरवशमशेर जबरालाई यसबाट थप मानवीय र भौतिक संचरनाको क्षति हुन नदिन सजगता अपनाएर अवरुद्ध नदीलाई नियन्त्रित रुपमा खुलाउन निर्देशन दिएका थिए ।

उनले यसका लागि आवश्यक प्रविधि, जनशक्ति र उपकरणको बन्दोबस्त गर्न पनि निर्देशन दिएका छन् । प्रधानमन्त्रीले गृहमन्त्रालयलाई पहिरो तलका तटीय क्षेत्रका आम नागरिकलाई स्थानीय रेडियो र अन्य माध्यमबाट यससम्बन्धी जानकारी दिन पुल र सडकमा नियन्त्रित र सावधानीपूर्वक सवारी र आवागमन गतिविधि सञ्चालन गर्न विद्युत्गृहलाई उच्च सतर्कतामा राख्न पनि निर्देशन दिए ।

प्रधानमन्त्री कोइरालाले पहिरोबाट मानव बस्तीमा असर पुगेको भए खोजी, उद्धार र राहत कार्यलाई तदारुकताका साथ सञ्चालन गर्न पनि सुरक्षा निकायलाई निर्देशन दिए

विज्ञप्तिको पूर्णपाठ

PM-Press-Relese

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob