scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

स्वयमसेवक अभियानका लागि एमालेको टोली परिचालित

– प्रकाश सिलवाल

CPM_UMLकाठमाडौं, १० जेठ । ‘नेपाली योजना : अन्तर्राष्ट्रिय साथ, राज्यको नेतृत्व : हरेक नेपालीको साथ’ भन्ने नाराका साथ नेकपा एमालेले भूकम्प प्रभावित क्षेत्रमा आइतबारदेखि राहत र पुनःस्थापनाका लागि एक महिने ‘राष्ट्रिय स्वयम्सेवक परिचालन अभियान’ प्रारम्भ गरेको छ ।

अभियानअन्तर्गत विनाशकारी भूकम्पबाट पीडितहरुको अस्थायी बसोबास (घर/टहरा/ओत) निर्माणलगायत कामका लागि १७ जिल्लाका ५१ निर्वाचन क्षेत्रमा केन्द्रीकृत र योजनाबद्ध रुपमा केन्द्रीय नेतासहितको १० हजारको टोली परिचालन भएको हो ।

काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा खटिने स्वयम्सेवकलाई भृकुटीमण्डपमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शपथ दिलाई सामग्रीसहित बिदाइ गरे । उपत्यका बाहिरका विभिन्न सहरबाट पनि आज टोली परिचालन भएका छन् ।

काठमाडौंबाट विभिन्न ११ जिल्लाका ३३ स्थानमा टोली परिचालन भएका छन् । ओखलढुङ्गा र सोलुखुम्बुका लागि प्रस्थान गर्ने स्वयम्सेवकहरुका लागि लहान (सिरहा), सिन्धुलीका लागि कमलामाई (सिन्धुली), चितवन र मकवानपुरका लागि हेटौंडा (मकवानपुर) र गोरखा, लमजुङ्ग, र तनहुँका लागि पोखरा (कास्की)मा विदाइ गरिएको छ । अभियान परिचालनसम्बन्धी निर्देशिका, आचारसंहिता र सन्दर्भ सामग्रीसहितको पुस्तिका सार्वजनिक भइसकेको छ ।

अध्यक्ष ओलीले विपत्तिपछिको अवस्थामा देश बनाउने काममा पार्टी उत्रिएको भन्दै दिइएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न आव्हान गरे । आफूसँग स्रोतसाधन नभएपनि सेवाको भावनाका साथ परिचालन गरिएको बताउँदै उनले भने, ‘जनतालाई दुःखबाट मुक्त पार्न हामीले दुःख बेसाउन जाँदैछौँ ।’

कार्यक्रममा अध्यक्ष ओलीले स्वयम्सेवकका टोली प्रमुखहरुलाई शपथग्रहण गराउनुभयो भने अभियान परिचालनसम्बन्धी निर्देशिका, आचारसंहिता र सन्दर्भ सामग्रीसहितको पुस्तिका सार्वजनिक गरे ।

एमालेको यही जेठ ३ गतेको स्थायी कमिटीको बैठकले सचिव गोकर्णराज विष्टको संयोजकत्वमा सो अभियान परिचालन समिति गठन गरेको थियो । पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले यो स्वयम्सेवाले विश्वलाई नेपालीले कसरी आफ्नो मुलुक बनाउनेछन् भने देखाउने बताए ।

पार्टीका नेता माधवकुमार नेपालले जनतालाई पुनःस्थापना गराउने र जनताका बीच एमालेलाई सर्वश्रेष्ठ पार्टी बनाउने गरी स्वयम्सेवकले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

अभियानका लागि एमालेले भूकम्प प्रभावित नभएका अञ्चलहरु महाकाली, सेती, कर्णाली, भेरी, राप्ती, लुम्बिनी, मेची र कोसीबाट पनि कार्यकर्ता झिकाएको छ । काठमाडौंका लागि सावित्रा भुसाल, रुपनारायण श्रेष्ठ, टंक कार्की, डा. राजन भट्टराई, खगेन्द्र राई, राजेन्द्र राई, प्रकाश ज्वाला, जीवनराम श्रेष्ठ, डा विजय पौडेल र सुरेन्द्र मानन्धरलाई परिचालन गरेको छ भने अन्य जिल्लाका लागि केन्द्रीयस्तरका नेतालाई कमाण्डको जिम्मा तोकेको छ ।

पार्टीका पोलिटब्युरो सदस्य वा केन्द्रीय सदस्यले अगुवाई गर्ने टोलीले प्रत्येक निर्वाचन क्षेत्रको बढी क्षति भएको र विपन्न मानिएको गाविस छनोट गरी त्यसलाई केन्द्र मान्दै अभियानको सञ्चार गराउनेछन् । सो गाविसमा सबै पार्टीका कार्यकर्ता र जनताका घर बनाइनेछ ।

पार्टीको हेलमेटसहित राता पोसाकमा सजिएका ती टोलीले हरेक दिन बिहान ८ र साँझ ६ बजेसम्म अस्थायी आवास निर्माणको स्वयम्सेवकको हाजिरी गराउनेछ । स्वयम्सेवीले सरकार वा पीडित जनताका तर्फबाट कुनै सहयोग नलिने जनाइएको छ ।

अभियानका लागि ‘गाउँ गाउँबाट उठ…’ बोलको गीतलाई अभियानको गीत घोषणा गरिएको छ । पार्टीले अध्यक्ष ओलीलगायत नेतालाई विभिन्न जिल्लागत अनुगमनको जिम्मेवारी तोकेको छ । रासस

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage