scheduleशुक्रवार भाद्र ६ गते, २०७६

नेपाली चेली अमेरिकन क्लब क्रिकेटमा !

न्यूयोर्क । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीबाटसमेत प्रतिनिधित्व गरिसकेकी क्रिकेटर मनिता गौतमले अमेरिकाको क्लब क्रिकेट खेल्ने भएकी छन् । अमेरिकाको क्यालिफोर्नियामा स्थित युएसए बाका फायरवर्ड क्रिकेट टोलीबाट मनिताले रिजनल क्रिकेट खेल्ने भएकी हुन् ।

Manita Gautam
अमेरिकाबाट सञ्चालित नेपाली वेससाइट एभरेस्ट टाइम्ससँग कुराकानी गर्दै मनिताले यस प्रतियोतिगामा आफूले तीन खेल खेल्ने बताइन् । हाल रिजनल क्रिकेट खेल्न लागेको भन्दै उनले अमेरिकी राष्ट्रिय टोलीसम्म पुग्ने आशा व्यक्त गरिन् ।

Manita gautam 1
खेल न्यूयोर्कको ब्रुकलिन स्थित ३३९ गेटवे मैदानमा हुनेछ । चितवन भरतपुरकी मनिताले सन २०११ मा नेपाली राष्ट्रिय महिला टिमको प्रतिनिधित्व गर्दै एसिसि वुमन एलिट कप खेलेकी थिइन् । उनी अलराउण्डर हुन् ।

खेलतालिका:

Schedule

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage