scheduleआइतवार कार्तिक ३ गते, २०७६
Global IME Bank

थुनिएको कालीगण्डकी ओभरफ्लो भएर बग्न थाल्यो (भिडियो)

कृतिम बाँध एकैचोटी खुल्ने सम्भावना नरहेको प्राविधिक टोलीको निष्कर्ष

kaligandhaki1

म्याग्दी, १० जेठ । म्याग्दीको भगवती र राम्चे गाविसको सिमानामा पर्ने बैसरीमा खसेको पहिरोले थुनिएको कालीगण्डकी ओभरफ्लो भएर बग्न थालेको छ । पहिरोले बनाएको कृतिम बाँध भरिएर माथिबाट पानी बग्न थालेको हो ।

प्राविधिक टोली दिउँसो नै घटनास्थल पुगेपनि पहिरो खस्ने क्रम नरोकिएकाले पानीको बहाव खुलाउने प्रयास सफल हुन सकेको थिएन । यद्यपी टोलीले सो बाँध एकैचोटी फुट्ने सम्भावना भने नरहेको जनाएको छ ।

टोलीले केही गर्न नसकेपछि बाँध भरिएर पानी ओभरफ्लो भएको हो । नदी थुनिएपछि सात किलोमिटर माथिसम्म ताल बनेको बताइएको छ । साथै त्यसभन्दा तलका सयौं बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

राति २ बजे खसेको पहिरोबाट बैसरीमा २६ घर पुरिएका छन् । अन्य दर्जनौं बस्ती जोखिममा छन् ।

सदरमुकाम बेनीबजारसहित कालीगण्डकीको तटीय क्षेत्रका बस्तीहरु उच्च पहिरोको जोखिममा परेका छन् ।

Video kalagandaki

Posted by बेनीअनलाइन – Benionline.com.np News on Sunday, May 24, 2015

पहिरोले भगवती २ बैसरी र राम्चे–९ को औल गाउँका २६ वटा घर पुरेको छ । दुई वटा झोलुङ्गे पुल, विद्युत्का पोल पनि पुरिएका छन् ।

शुक्रबारदेखि पहिरो खस्न थालेपछि स्थानीयवासी सुरक्षित स्थानमा गएर ज्यान जोगाए पनि भौतिक सम्पत्तिको ठूलो क्षति भएको छ । घटनास्थल सदरमुकाम बेनीदेखि छ किलोमिटर उत्तरमा पर्छ । उक्त स्थानमा बेनी–जोमसोम सडक पनि पूर्ण अवरुद्ध भएको छ ।

कालीगण्डकी नदीको जोखिममा कारण म्याग्दी कारागारका कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ । उनीहरुलाई जिल्ला विकास समितिको सभाहलमा सारिएको छ । बेनीबजारका बासिन्दा सुरक्षित ठाउँको खोजीमा अर्थुङ्गे र मङ्गलाघाटमा सरेका छन् ।

kaligandaki 13

Kaligandaki 12 kaligandaki 11

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage