scheduleबिहिवार श्रावण २ गते, २०७६

सर्वोच्चका पूर्व न्यायाधीश भरतराज उप्रेतीद्वारा आत्महत्या

bharatraj upretiकाठमाडौं, ११ जेठ । सर्वोच्च अदालका पूर्व न्यायाधीश भरतराज उप्रेतीले आइतबार राति आत्महत्या गरेका छन्।

सोमबार बिहान साढे ३ बजे झुन्डिएको अवस्थामा उनको शव भेटिएको पारिवारिक स्रोतले जनाएको छ । उनको शव शिक्षण अस्पतालमा राखिएको छ ।

६३ वर्षिय उप्रेती संविधानसभाका अध्यक्ष सुवास नेम्वाङका साझेदार थिए । उप्रेती सक्रिय जीवन बिताउन रुचाउने गम्भीर व्यक्तित्व भएको उनका सहकर्मीहरु बताउँछन् ।

उनले आफ्नो सुसाइड नोटमा इच्छामरण भएको उल्लेख गर्दै लेखेका छन्, ‘इच्छामरण हो। तडकभडक केही नगर्नु, शव अस्पताललाई दान दिनू। क्रिया खर्च पाँच लाख भूकम्पपीडितलाई दिनू ।’

 

उनलाई सर्वोच्चको अस्थायी जागिरबाट हटाइएको थियो । उनको आत्महत्याप्रति टिप्पणी गर्दै पत्रकार किशोर श्रेष्ठले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन्– ‘सर्वोच्चको अस्थायी जागीरबाटै धपाइयो, न त वकालतमै फर्कन मिल्यो । सबैखाले सत्ता षड्यन्त्रले कसरी यस्ता मानिसलाई डिप्रेशनको शिकार बनाएर मृत्यू रोज्न बाध्य गराउँछ भन्ने कुराको चोटिलो उदाहरण हो यो ।’

श्रीमतीसँग बस्दै आएका  उनको दुई छोरी र एक छोरा छन् । छोरा अनुप उप्रेती सितापाईलामा छुट्टै बस्छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob