scheduleबिहिवार श्रावण २ गते, २०७६

पुनःनिर्माणमा पाँच सय इन्जिनियर खटिने

काठमाडौं, १० जेठ । नेपाल इन्जिनियर्स एसोसिएसनले भूकम्पबाट भत्किएका घर पुनःनिर्माणको परामर्श दिन पाँच सय इन्जिनियर खटाउने भएको छ ।

यसअघि भत्केका घर निरीक्षणका लागि स्वयम्सेवीका रुपमा खटिएका इन्जिनियर अब मर्मतको परामर्श दिन खटिन लागेका हुन् ।

‘पहिलो चरणमा बस्न हुने÷नहुने घर र तिनको जोखिम बारेमा सुझाव दियाँै, दोस्रो चरणमा बिग्रे भत्केका घर निर्माणमा सुझाव दिन्छौं’, एसोसिएसनका महासचिव किशोर झाले भने ।

बस्न नहुने र जोखिमयुक्त भनिएका सबै घर भत्काउनुपर्दैन, नभत्काइकन बनाउने उपायका बारेमा उनीहरुले परामर्श दिने उनले जानकारी दिए । एसोसिएसनले आफ्ना स्वयम्सेवक इन्जिनियरलाई विदेशी विज्ञसहितको टोलीमार्फत अभिमुखीकरण तालिम दिइरहेको उनले बताए ।

एसोसिएसनका स्वयमसेवकले हालसम्म ४५ हजार ३८ घरको निरीक्षण गरिसकेका छन् । आफूहरुले निरीक्षण गरेका घरमा मौखिक सुझाव मात्रै दिइएको, स्टिकर नटाँसिएको एसोसिएसनले स्पष्ट पारेको छ । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob