scheduleमगलवार कार्तिक २६ गते, २०७६

चौध दिनदेखि पहिरोमा पुरिएका वृद्धको शव निकालियो

दोलखा, ११ जेठ । दोलखामा १४ दिनदेखि पहिरोमा पुरिएरका एक वृद्धको शव आज उत्खनन गरिएको छ ।

गत वैशाख २९ गतेको पराकम्पनपछि आएको पहिरोमा पुरिएका सुरी गाविस–२ का ७३ वर्षीय चेतबहादुर गुरुङको शव उत्खनन गरिएको हो । गाईबस्तु चराउन गएका गुरुङको शव सुरी गाविसको खहरे भिरबाट नेपाली सेनाको टोलीले उत्खनन गरेको चरीकोटस्थित बर्दबहादुर गणका सेनानी रोशन पन्तले जानकारी दिए ।

‘शव प्रहरीमार्फत परिवारलाई हस्तान्तरण गरेका छौँ’ उनले भने । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछि निरन्तर गइरहेका पराकम्पनबाट जिल्लामा मृत्यु हुनेको सङ्ख्या १७५ पुगेको छ । रासस

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage