scheduleबुधवार श्रावण १ गते, २०७६

भूकम्पले लघु जलविद्युत आयोजना बन्द

बनेपा, ११ जेठ । भूकम्पले सबै क्षेत्रलाई तहसनहस बनाइरेहका बेला काभ्रेपलाञ्चोकमा रहेका केही लघु जलविद्युत् आयोजना बन्द भएका छन् ।

महाभारत शृङ्खला डाडाँपारी रहेको फलामेटार, फोक्सिङटार, मिल्चे माझिफेदालगायतका गाविसमा १५ देखि २० किलोवाट क्षमताका लघु जलविद्युत् आयोजना भूकम्पका कारण पूर्ण रुपले क्षति हुँदा बन्द भएका हुन् । जिविसको वातावरण, ऊर्जा तथा जलवायु परिवर्तन शाखाका प्रमुख अन्जित गौतमका अनुसार ती लघु जलविद्युत् आयोजनाबाट ६० किलोवाट विद्युत् उत्पादन हुँदै आएको थियो ।

बीसवटा लघु जलविद्युत् आयोजनाको कुलो भत्किएको, चिरा परेको र खम्बा ढलेका छन् । बन्द भएका लघु जलविद्युत् आयोजनाबाट त्यस क्षेत्रका ६०० घरधुरी प्रभावित भएका छन् ।

विद्युत उत्पादन अवरुद्ध भएपछि कुटानी र पिसानीको कार्य समेत प्रभावित भएको छ । जिल्लाको ग्रामीण क्षेत्रका आयोजनाबाट ७०० किलोवाट विद्युत् उत्पादन हुँदै आएको छ ।

जिल्लाका विभिन्न गाविसमा गरी कुल ३० वटा लघु जलविद्युत् आयोजना छन् । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob