राहतको चामलले भूकम्पपीडितलाई पखाला चल्यो
आयोग भन्छ– विश्व खाद्य र नेपाल रेडक्रसलाई कारवाही गरकाठमाडौं, १२ जेठ । रेडक्रसमार्फत विश्व खाद्य कार्यक्रमले बाँडेको चामल खाँदा काभ्रेका बालबालिकामा पखाला चलेको छ । राहतको नाममा बाँडेको चामलले भूकम्पपीडितलाई पखाला चलेपछि राष्ट्रिय मानव अधिकार आयोगले वितरणकर्ता विश्व खाद्य्य कार्यक्रम र नेपाल रेडक्रसलाई कानूनी कारबाहीको गर्न सरकारलाई निर्देशन दिएको छ ।
भूकम्पबाट आहत जनतालाई राहतको नाममा अखाद्य चामल बाँडेको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो । काभ्रेमा बाँडेको चामलले पखाला चलेपछि आयोगले उक्त संस्थाहरुले बाँड्न तयार बनाएको थप चामलको निरिक्षण गरेको थियो ।
निरिक्षणको क्रममा बाँड्न तयार बनाइएको चामल खानै नहुने फेला परेको आयोगले जनाएको छ ।
आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मानिसको स्वास्थ्य तथा जीवनसँग सम्बन्धित खाद्यान्नमा खेलबाड गर्ने संस्थाहरुलाई कानूनी दायरामा ल्याई कारबाही गर्न आयोग सरकारको ध्यानाकर्षण गराउँछ ।’