scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

८ बजे अर्को धक्का, मंगलबार चार धक्का

एक महिनामा चार रिक्टरभन्दा माथिका २७० पराकम्पन

aftershock on 5

काठमाडौं, १२ जेठ । विनासकारी ‘गोरखा भूकम्प’  गएको ठिक एक महिनापछि आज मंगलबार पनि राति ८ बजेसम्ममा चार वटा शक्तिशाली पराकम्प महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति ८ बजे ललितपुर र काभ्रे केन्द्र बनाएर ४.३ म्याग्निच्यूडको धक्का महसुस गरिएको छ ।

आज नै दोलखा केन्द्र विन्दू बनाएर दिउँसो २ बजेर ११ मिनेट जाँदा ४.३ को, अपराह्न ५ बजेर ४८ मिनेट जाँदा ४.१ को र साँझ ६ बजेर ३९ मिनेट जाँदा ४.१ कै पराकम्प महसुस गरिएको केन्द्रले जनाएको छ ।

विनाशकारी भूकम्प गएको एक महिनाको अवधिमा चार रिक्टरभन्दा माथिका २७० पराकम्पन्न गएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सानोभन्दा सानो कम्पन्न समेत हिसाब गर्ने हो भने गत वैशाख १२ गतेको भूकम्पपछि अहिलेसम्म २० हजारभन्दा बढी कम्पन्न गइसकेको छ ।

गत वैशाख १२ गते मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रविन्दु हुने गरी ७ दशमलब ६ म्याग्निच्युटको भूकम्प गएको थियो ।

यो एक महिनामा वैशाख १२ गते गएको भूकम्पसहित ६ रिक्टर माथिका चारवटा भूकम्प गइसकेको छ । गोरखालाई नै केन्द्रविन्द्र मानेर सोही दिन ६ दशमलब ६ रिक्टर अर्को ठूलो पराकम्पन गएको थियो भने वैशाख १३ गते दिउँसो १२ः३० बजे सिन्धुपाल्चोक र दोलखा केन्द्रविन्दु हुने गरी ६ दशमलब ९ रिक्टरको पराकम्पन गएको थियो ।

त्यस्तै वैशाख २९ गते पुनः दोलखा र सिन्धुपाल्चोक केन्द्रविन्दु हुने गरी ६ दशमलब ८ रिक्टरको अर्को ठूलो पराकम्पन गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

एक महिनाको अवधिमा ५ रिक्टरभन्दा माथिका ३९ वटा पराकम्पन गएको भूकम्प मापन केन्द्रको वेवसाइटले देखाएको छ ।

विनाशकारी भूकम्पका कारण चार हजार ७७९ महिला, तीन हजार ८९३ पुरुष र पहिचान हुन नसक्ने एक गरी आठ हजार ६७३ जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । मृतकमध्ये आठ हजार ६४० जनाको शव आफन्तलाई बुझाई सकिएको छ ।

भूकम्पमा परी २१ हजार ९५४ जना घाइते भएकामध्ये हालसम्म चार हजार ८७७ जना विभिन्न अस्पतालमा अहिलेसम्म उपचारार्थ रहेका छन् ।

भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा एक हजार ७३४, पूर्व क्षेत्रमा ५७, मध्य क्षेत्रमा छ हजार ४३०, पश्चिम क्षेत्रमा ४५१ र मध्य पश्चिम क्षेत्रमा दुई जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १२ हजार ९८३, पूर्व क्षेत्रमा ४५३, मध्य क्षेत्रमा सात हजार २३४, पश्चिम क्षेत्रमा एक हजार २४६, मध्य पश्चिम क्षेत्रमा ३६ जना र सुदूर पश्चिम क्षेत्रमा दुई जना रहेका छन् ।

विनाशकारी भूकम्पमा परी नेपाल प्रहरी छ, नेपाली सेना नौ, सशस्त्र प्रहरी एक, निजामती कर्मचारी ११ र विदेशी नागरिक ७९ को ज्यान गएको छ भने हालसम्म २०५ नेपाली र ८० जना विदेशी नागरिक बेपत्ता भएका छन् ।

यसैगरी विनाशकारी भूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६७ हजार १८८, पूर्व क्षेत्रमा ४५ हजार ९३०, मध्य क्षेत्रमा दुई लाख ८६२, पश्चिम क्षेत्रमा एक हजार ४६ हजार ७६८, मध्य पश्चिम क्षेत्रमा १० हजार ८५ र सुदूर पश्चिम क्षेत्रमा १४८ गरी जम्मा चार लाख ७० हजार ९९१ भौतिक संरचनाहरु क्षति भएका छन् ।

भूकम्पका कारण काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, दोलखा, गोर्खा, धादिङ, मकवानपुर, सिन्धुली, रसुवा, रामेछाप, ओखलढ्ङ्गा, काभ्रे, नुवाकोट गरी १४ जिल्ला अति प्रभावित भएको र ४० भन्दा बढी जिल्ला प्रभावित भएका छन् ।
विसं. १९९० माघ २ गते गएको भूकम्पपछिको सबैभन्दा ठूलो भूकम्पका कारण मुलुकको जनजीवन अहिलेसम्म पनि सहज हुन सकेको छैन ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage