scheduleबिहिवार भाद्र ५ गते, २०७६

मंगलबार राति ५ म्याग्निच्यूटको धक्का, आँधीवेहरी र पानीमा धक्काले थप त्रास

काठमाडौं, १३ जेठ । मंगलबार राति आँधीहुरीसँगै भूकम्पको शक्तिशाली धक्का महसुस भएको छ । मंगलबार राति १० बजेर ५२ मिनेटमा रसुवालाई केन्द्र बनाएर ५ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको हो ।

आँधीहुरी र पानीसँगैको धक्काले रसुवा, नुवाकोट, काठमाडौं उपत्यका, धादिङ, काभ्रे र सिन्धुपाल्चोकसहितका जिल्लामा त्रास थपेको थियो । यसअघि राति १० बजे ललितपुर र काभ्रे जिल्लाको सिमाना केन्द्रबिन्दू भएको भूकम्प गएको थियो । मंगलबार मात्र ४ म्याग्निच्यूड माथिका धक्का महसुस गरिएको केन्द्रले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage