scheduleसोमवार आषाढ़ २९ गते, २०७७

बालुवाटारको लालसा ढल्नु पर्थ्यो ?

-आर सि खड्का

rc khadka

मान्छे काग झै हराउदै छ !

पानी अझ्झै धमिल्याइदैछ !
मध्यरातमा छरिने त्यो बिस्कुन
अनर्थको छ !
न अर्जुनले आँखा देखेको छ,
न आँखाले अर्जुन नै देख्या छ ?

रङ्ग-बिरङ्का चाहे जुनै हुल हुन,
जुक्ति बेगरका मनुष्य कम छन !
प्राय श्वासले मेघ हटाउने काइदा सब्को छ !
सब सँग दिवासप्नाका लहर छन !
सप्नामा पूजा, सङ्गिता सुरक्षित छन !
काठमन्डौ-गोर्खा, दोलखा-सिन्धुली छैन
सबै समान छन राज्य सबैको छ !
न्याय बराबर छ, कानुन निदायको छैन !
भेदभाव छैन, ब्यवस्था समान छ !
सब्को एउटा झुप्रो छ, गोठमा गाई छ !
बिपी पछी बाग्मतिमा पानी टन्न बगेपनि
त्यो सहि हो भने, केवल सपना हो, भ्रम हो !
सपना देख्ने र देखाउनेको कल्पनासँग
सधैं बिछट्टियको मेरो देश
रुनुको बिकल्प खोज्दै फेरी थलिएको छ
उडुसले चुस्नु चुसेर थोत्र्याएको गोर्खा
हज्जारौं पटक काँप्दै विक्षिप्त बनेको छ
बस्ती सिद्दिएर, बन्जर फुटेका छन
जुङ्गाको कुस्ती नसिद्धिदै, देश उँभो नलाग्दै
पूजाहरुले आकाश नभेट्दै, टनकपुर नखुल्दै
गुलामी अजङ्ग पहाड बोकेर
फेरी,
एउटा कछुवा इन्सुलिनको भरमा
मात्र तस्बिर टाँस्नलाई घिर्सदै छ !

लोक पाल-पालमा जागाराम भएर के गर्नु ?
सिंहदरबार भित्रको दिल धमिलो छ !
हाम्रो पुकार सुन्ने यहाँ,
कुनै देवता छैनन, मन्दिर छैनन ?
यदि भगवान हुँदा हुन त ?
जुरे, सिङ्टी नपुरिएर आज
सिंहदरबार या बानेश्वर पुरिएको हुन्थ्यो !
कुर्चीले खाडल परेका
मनका चिरा पुरिएका हुन्थे !
कोशी, तमोरका माझी नभै,
वर्षेनी बाग्मति छेउ छाउमा थुप्रिने
दुर्गन्ध बग्नु पर्थ्यो ?

दैवले विर्षियको सुन्धाराको कदै घटाऊने
बालुवाटार भित्रको लालसा ढल्नु पर्थ्यो ?
सिनो खान टोकन लीई बसेकालाई
भष्म बनाउनु पर्थ्यो !
प्रलय तैले भुल गरिस !
जो उसै त रश बिनाका थिए
उनैलाई निमोठिस !
गजराज जस्तै रहेछ तेरो निसाप पनि
त न जङे भइस न हिटलर ?
अपशोच पानी मरुवा साधु बनिस
जो सब्बैले चिन्थे उनैलाई चिनिस
मैले मान्नै पर्थ्यो भुकम्प,
तेरो अलौकिकता र अदम्यता
यदि, तैले
पिडाको अन्तर्यमा पट्टिको बाहनासँग लपेटिएका
अङ्गार जस्ता मन चिन्थिस भने ?
जल त उसै बन्दगी थियो नै थियो,
बिपतले फाटेको माटो चाल्नेहरु चिन्थिस ?
तस्कर, कालाबजारी र
राहत भित्र आहत पठाउने चिन्थिस
प्राडोभित्र पाल बोक्ने भिकारीहरु
छानी-छानी निमोठेको हुन्थिस भने ?
यो दुनियाँ आज तेरै हर्षबढाई गर्ने थियो
तेरै गुणगान गाउँने थियो !!

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय