scheduleशुक्रवार भाद्र ६ गते, २०७६

लौ हेर्नुस् विवाहको यस्तो अनौठो विज्ञापन !

दिल्ली । मेट्रोमोनियल वेबसाईटहरुमा तपाईंले विवाहको विज्ञापन त धेरै नै देख्नुभएको होला । तर, यो विज्ञापन अन्य आम विज्ञापनहरु भन्दा फरक छ । ‘युवतीको उमेर ३१ वर्ष । अंग्रेजी साहित्यमा स्नातक, पुणेबाट एमबीए साथै एनजीओको आकर्षक जागिर ….।’
genderविज्ञापनको सबैभन्दा महत्वपूर्ण कुरा भने यसपछि लेखिएको छ । ‘युवती ट्रान्सजेण्डर कम्युनिटीबाट हुन् र एचआईभी पोजेटिभ पनि ।’
यो विज्ञापन भारतको राजधानी नयाँ दिल्लीकी अमृता अल्पेश सोनीले दिएकी हुन् । टेलिग्राफमा छापिएको खबर अनुसार महाराष्ट्रको सेलापुपरमा जन्मिएकी अमृतालाई पछिल्लो ६ महिना यता कैयन आवेदन आइसकेका छन् ।
उनी गैरसरकारी संस्था हिन्दूस्थान लेटेक्स फ्यामिली प्लानिङ ट्रष्टको चण्डिगढ एड्भोकेसी अफिसर हुन् ।
अमृताले भनिन्, ‘मैले ६ महिनाअघि आफ्नो प्रोफाइल एड् गरेको थिएँ । अहिलेसम्म कैयन प्रस्तावहरु आएका छन् । म मान्छु विवाहपछि मैले शारीरिक सम्बन्ध राख्न सक्नेछैन । तर, मेरा लागि एउटा राम्रो जीवनसाथीको खाँचो छ ।’
अमृतासँग विवाहका लागि प्रस्ताव गर्नेहरु प्रार्य डिभोर्सवाला र विदूर (श्रीमती गुमाएका) छन् । ती मध्येपनि कोही ट्रान्स जेण्डर हुनसक्ने भन्दै उनले समाजको डरले खुलेर भन्न नसकेको हुनसक्ने बताइन् ।
अमृता जब १६ वर्षकी थिइन्, तब बाबुआमाले उनलाई घरबाट निकालिदिए । त्यसपछि उनका काकाले शारीरिक शोषण गरे । केही वर्षपछि उनले लिंग परिवर्तन गराईन्, त्यसबाट काफी ऋण लाग्न पुग्यो । उनले सो ऋण चुक्ता गर्नका लागि सडकमा आफैंलाई बेच्न थालिन् । त्यसक्रममा उनले कैयन पटक बलात्कारको पनि सिकार हुनुपर्यो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage