scheduleशनिवार आश्विन १० गते, २०७७

बलीउडको पीकेले चीनमा पनि मच्चायो धूम !

एजेन्सी । भारतसहित अन्य कैयन देशमा धूम मच्चाउन सफल बलीउड फिल्म पीके एसियाली पावर हाउस चीनमा पनि भिड जुटाउन सफल भएको छ । निर्देशन राजकुमार हिरानीले आफ्नो फिल्मले चीनमा अपेक्षा नै नगरेको व्यापार गर्न सफल भएको दावी गरे । उनलाई चीनमा फिल्म यसरी हिट होला भन्ने लागेकै थिएन ।

PK Film
हिरानीले भने, ‘मैले कहिल्यै कल्पना पनि गरेको थिइन पीकेलाई चीनमा यति धेरै माया र साथ मिल्छ भनेर । चीनमा यही मे २२ मा ८.८ रेटिङ तथा ४६०० स्क्रीनमा पीके रिलिज भएको थियो ।

उत्तर अमेरिकामा पनि यस्तै कमाइ गर्न सफल भयो । यसबाट फिल्मको सबैभन्दा महत्वपूर्ण कुरा कंटेन्ट हो भन्ने मेरो बुझाइमा बढावा मिलेको छ ।’ चीनमा यस फिल्मले हालसम्म ८३ दशमलव ९८ करोड रुपैयाँ कमाएको छ ।
चीन र उत्तर अमेरिकामा मात्रै होइन अष्ट्रेलिया, न्युजिल्याण्ड तथा पाकिस्तानमा पनि पीकै सबैभन्दा बढी कमाउने हिन्दी फिल्मको रुपमा दरिएको छ । फिल्ममा आमिर खान, अनुस्का शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय