scheduleबिहिवार आश्विन ८ गते, २०७७

जो आलियासँग रोमान्स गर्न चाहँदैनन्

एजेन्सी । महम्मद अजहरुद्दीनको जीवनमा आधारित भएर निर्माण हुन लागेको फिल्म ‘अजहर’मा देखिन लागेका ‘सिरियल किसर’ नायक इमरान हाशमीले भनेका छन्, उनी आफ्नी एक्ट्रेस कजिन आलिया भट्टसँग काम गर्न पाएर निकै खुसी छन् ।
तर, इमरानले यो पनि प्रस्ट पारेका छन्, उनी आलियासँग कहिल्यै पनि अनस्क्रिन रोमान्स गर्न चाहँदैनन् । इमरानले भने, ‘म मात्र आलियाको दाइको भूमिका निभाउन सक्छु, अन्य कुरा सोच्न पनि सक्दिन । म आफ्नी भतिजीसँग रोमान्स गर्न सक्दिन ।’

Aalia Bhatta
आलियाले कम समयमै पाएको लोकप्रियताप्रति इमरानले खुसी व्यक्त गरे । उनले भने, ‘आलिया मसँग रिसाएकी थिइन्, किनकी मैले उनको फिल्म ‘स्टूडेन्ट अफ दि ईयर’ हेरेको थिइन । त्यसपछि मैले यस फिल्मको डिभिडी ल्याएँ र फिल्म हेरेँ । मैले निकै सानदार अभियनयको लागि आलियालाई बधाई पनि दिएँ । मैले आलियाको फिल्म ‘टू स्टेट्स’ फ्लाइटमा हेरेको थियो । यस फिल्ममा पनि आलियाको अभिनय निकै दमदार लाग्यो ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय