scheduleशनिवार आश्विन १० गते, २०७७

किमले लगाएको वान पिस कपडामा आगो सल्किएपछि

Kim-Kardashianएजेन्सी । चर्चित अमेरिकी रियालिटी स्टार किम कार्दशियन एक ठूलो दुर्घटनाबाट धन्न बचेकी छिन् । जसमा उनको ज्यान पनि खतरामा पर्न सक्थ्यो । एक कार्यक्रमका दौरान किमले लगाएको कपडामै आगो सल्कियो । त्यसलाई समयमै निभाउन भ्याउँदा उनलाई केही पनि हुन पाएन ।

काउन्सिल अफ फेसन डिजाइनर्स अफ अमिरिका (सीएफडिए) अवार्डको डिनरका क्रममा एक्कसी उनको कपडामा आगो सल्कियो । कालो रंगको वान पिस कपडामा सजिएकी किमको कपडामा बल्दै गरेको मैनबत्ति खसेर आगो सल्किएको हो ।
आफ्नो कपडा बल्न थालेको देखेपछि किम एक्कासी चिच्याइन्, त्यसपछि कार्यक्रममा होहल्ला नै मच्चियो । सोही कार्यक्रममा सहभागी संगीतकार फ्यारेल विलियम्स र उनकी पत्नी हेलेनले तुरुन्त आगो निभाए । लगाएको वान पिस कपडा नै बलेपछि किम निक्कै लज्जित देखिएकी थिइन् ।
यस घटनाबारे किमले इन्स्टाग्रमामा लेखेकी छिन्, ‘फ्योल विलियम्स र हेलेनलाई मेरो ज्यान बचाएकोमा धेरै–धेरै धन्यावाद ! गएराति अवार्डपछिको डिनरका क्रममा मेरो ड्रेस मैनबत्तिको चपेटामा परेको थियो ।’
किम हाल दोस्रो सन्तानको आमा बन्ने तरखरमा छिन् । यद्यपी उनले यसबारे केही बताएकी छैनन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय