scheduleमगलवार मंसिर ३ गते, २०७६

अब उभिएरै पिसाब फेर्न सक्छन् महिलाहरु पनि !

peebuddy_men_peeing

काठमाडौं, २१ जेठ । यात्रामा हुनुहुन्छ वा कुनै कारणले शौचालयको सहज पहुँच भन्दा टाढा हुनुहुन्छ । पुरुषलाई पिसाब लागेमा सजिलो छ यसो यता उता लाग्यो अनि निर्धक्क पिसाब फेर्यो । तर, महिलालाई ? कुनै नगरौं, सामाजिक कारणले त अप्ठेरो छ नै तर प्राकृतिक हिसाबले पनि मुस्किल छ ।

नैतिकता र इज्जतको ख्याल नगरेर वा लाजै पचाएर पनि अप्ठेरोमा पुरुषलाई जुन सुविधा छ महिलालाई थिएन प्राकृतिक कारणले । अब त्यो समस्याबाट महिलाहरु मुक्त भएका छन् ।

बिबिसी हिन्दी सेवाका अनुसार अब महिलाहरुका लागि तेस्रो बिकल्प पनि भारतमा उपलब्ध भएको छ । भारतमा पी–बडी नामक उपकरण पाइन थालेको छ,जसले महिलाहरुलाई उभिएरै पिसाव फेर्ने र इज्जत पनि नगुमाउने अवसर दिन्छ । पी–बडी यस्तो उपकरण हो,जसको प्रयोग गरेर महिलाहरुले उभिएरै पिसाब फेर्न सक्छन् ।
peebuddy_product

यो किट पहिलो पटक बनाउने भारतीय व्यवसायी दीप बजाज भन्छन्,‘ यो एक नली जस्तै किट हो,जसको प्रयोग गरेर महिलाहरुले उभिएर पिसाव फेर्न सक्छन् । यसलाई प्रयोग गरेपछि उचित ठाउँंमा फ्याक्न सकिन्छ । यसको प्रयोगले फोहोर ट्वाइलेटमा बसेर संक्रमणको जोखिम मोल्नु परेन ।’
भारतमा फोहोर ट्वाइलेट प्रयोग गरेरका कारण वर्षेनी हजारौ महिलाहरुको मुत्रथैली इन्फेक्शन हुने गरेको छ । पी–बडीको प्रयोग गरेर यस्तो खतराबाट बच्न सकिन्छ । यसले गर्भवती महिलाका लागि झनै सुरक्षित तुल्याउँंछ । त्यसैगरी यो जसलाई ढाड वा कम्मरको दुखाईका कारण सजिलै घोप्टो पर्न र बस्न मिल्दैन,उनीहरुका लागि झनै लाभदायक हुने देखिन्छ ।

विशेष गरी यात्राका समयमा हुने अप्ठ्यारोमा यो उपकरण विशेष लाभदायक हुनेछ । पश्चिमा देशहरुमा यस्तो उपकरण निकै लाभदायक र सर्वसुलभ भए पनि भारतमा भने पहिलो पटक पाइन थालेको हो ।

यसको प्रयोग गर्न सुरु गरेका महिलाहरुले यसबाट आफूलाई राहत मिलेको प्रतिक्रिया दिएका छन् ।

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage