scheduleमगलवार फाल्गुन १३ गते, २०७६

बुद्धले प्रतिपादन गरेको शान्ति र अहिंसाको शिक्षा सबैका लागि प्रेरणादायी छ –प्रम

Gautama Buddhaकाठमाडौँ, २३ जेठ । बौद्धको फूलबारीस्थित सेतो गुम्बामा भूकम्पका कारण मृत्यु भएका आत्माको चिर शान्तिको कामना गर्दै आज प्राणिधान महापूजा, शान्ति महापूजा र त्रियानपूजा सम्पन्न भएको छ ।

सेतो गुम्बा तथा बोधिज्ञान यात्रा सङ्घको संयुक्त आयोजनामा भएको सो पूजामा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै श्रवकयान, महायान र वज्रयानका धर्मगुरुले बौद्ध ग्रन्थको पाठ गरे ।

कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालाले विश्वमा फैलिएको अशान्तिलाई न्यूनीकरण गर्न बुद्धले प्रतिपादन गरेको शान्ति र अहिंसाको शिक्षा आज सबैका लागि प्रेरणादायी रहेको बताउँदै लोकतन्त्रको विकास र समृद्धि कायम गर्न पनि बौद्धदर्शनले प्रेरणा प्रदान गर्ने विचार व्यक्त गरे ।

उनले भने – ‘अहिले लोकतन्त्रलाई स्थापित गर्न ठूलो चुनौती आएको छ, सबै मिलेर आपसी एकता विश्वास कायम गरी अघि बढेमा देशले कोल्टो फेर्ने छ ।’ दलहरुका बीच भइरहेका छलफलले यही जेठ २५ गतेभित्र संविधान निर्माणका क्षेत्रमा नयाँ प्रगति हुने विश्वास उनले व्यक्त गरे ।

सेतो गुम्बाका प्रमुख गुरु छोकिनिमा रिम्पोछे, भिक्षु ज्ञानपूर्णिक, बुद्धरत्न वज्राचार्य, डा नरेशमान वज्राचार्यलगायतले मानवकल्याणका लागि बौद्ध दर्शनको सदुपयोग गर्नुपर्नेमा जोड दिए । बोधिज्ञान यात्रा सङ्घका संयोजक राजेश शाक्यले मुलुकमा अझ अनिष्ट नहोस् भन्नाका लागि सो पूजा गरिएको बताए । पूजामा करिब तीन हजार भक्तजनको सहभागिता थियो ।

यसैबीच बौद्धको पालडिलयाक मोनास्ट्रीले गोकर्णको अपाङ्ग पुनःस्थापना केन्द्रलाई करिब सात लाखको सौर्य बत्ती, लुगाधुने यन्त्र तथा शैक्षिक सामग्री सहयोगस्वरुप प्रदान गरेको लामा भुट्सेले जानकारी दिए । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय