scheduleसोमवार आषाढ़ २९ गते, २०७७

मोफसलको साहित्यमा ध्यान दिन आग्रह

बुटवल, २४ जेठ । नेपाल प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ साहित्य परिषद्को आयोजनामा शनिबार सम्पन्न विचारगोष्ठीले मुलुकको भाषासाहित्यमा भूमण्डलीकरणले नाङ्गो हस्तक्षेप गरेको निष्कर्ष निकालेको छ ।

‘गणोतन्त्रोत्तरकालीन नेपाली कविताका प्रवृत्ति’ विषयको दुईदिने विचारगोष्ठीमा प्रज्ञा–प्रतिष्ठान साहित्य पद्य विभागका संयोजक अमर गिरीले दृष्टिकोण स्पष्ट नभएको कविता उत्पादनमूलक नहुने बताए ।

सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष विजय सागरले मोफसलको साहित्य सिर्जनालाई संरक्षण र प्रवद्र्धन गरेमा नेपाली भाषा साहित्य सधैँ जीवन्त र ऊर्जावान् हुने छ भने । साहित्यकार ऋषिराम भुसालले जीवन र जगत्प्रति खारिएको चिन्तनसहितको कविता आजको आवश्यता भएकामा जोड दिए । समापन कार्यक्रममा प्राज्ञ गोपीरमण उपाध्ययले प्रज्ञा–प्रतिष्ठानले मोफसलमा आएर काम गरेकामा खुसी व्यक्त गरे।

गोष्ठीमा रामचन्द्र भट्टाराई, बिन्ध्याचल चौधरी, झपेन्द्र जिसी, देवेन्द्र घिमिरे, कपिल लामिछाने, बुँद रानालगायत ४२ जनाले गणतन्त्रोत्तरकालीन कविता सुनाएका थिए । करिब १०० स्रष्टाको सहभागिता रहेको सो कार्यक्रममा ‘गणोतन्त्रोत्तरकालीन नेपाली कविताका प्रवृत्ति’ विषयमा डा मुरारी पराजुलीले कार्यपत्र पेस गरेका थिए । सो कार्यपत्रमाथि दिल साहनी, डा नेत्रप्रसाद न्यौपाने, प्रा डा कपिल लामिछाने र प्राज्ञ हेमनाथ पौडेलले टिप्पणी गरेका थिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय