scheduleमगलवार कार्तिक २६ गते, २०७६

निर्वस्त्र भएर शौच गर्दा भूकम्प !

quake in malaysia due to nakedएजेन्सी । मलेसियाको पवित्र पर्वत किनावालुमा गत शुक्रबार ५.९ रेक्टरस्केलको भूकम्प जानुको कारण उक्त क्षेत्रमा विदेशीहले निर्वस्त्र भएर शौच गर्नु मुख्य रहेको अधिकारीहरुले बताएका छन् ।
उक्त पर्वतको भ्रमणमा रहेका क्यानेडियन, डच तथा जर्मनहरुले निर्वस्त्र भएर शौच गरेको तस्वीर सोसल मिडियामा पोस्ट गरेको भोलिपल्ट भूकम्प गएको थियो ।
उक्त भूकम्पमा परेर मलेसियाको सवा क्षेत्रमा अवस्थित उक्त पर्वतमा विदेशीहरुले गरेको हर्कतका कारण त्यहाँ भूकम्प गएको स्थानीय उपमुख्यमन्त्री जोसेफ पिरिनको दाबी छ ।
मलेसियनहरुले पवित्र पर्वतमा अनैतिक क्रियाकलाप भएकै कारण प्राकृतिक विपत्ति घटेको जोसेफले बताएका छन् ।
विश्वसम्पदा सूचीमा सूचीकृत उक्त पर्वतमा अनैतिक क्रियाकलाप गर्ने पर्यटकहरु मलेसियामै रहेका कारण उनीहरुको पहिचान भएको र उनीहरुविरुद्ध अभियोग लगाउने तयारी भैरहेको जानकारी पनि जोसेफले दिएका छन् ।
साप्ताहिकबाट।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage